नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष बास्केटबल भोलिदेखि  सुरु

२७ आश्विन २०७९, बिहीबार

 

 

पोखरा । गण्डकी प्रदेशको पोखरामा भइरहेको नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष बास्केटबल खेल भोलि शुक्रबारदेखि हुँदैछ । शुक्रबार हुने उद्घाटन खेलमा समूह ‘ए’ तर्फ त्रिभुवन आर्मी क्लब र बागमती प्रदेशबीच हुने छ । लुम्बीनी प्रदेशले प्रदेश न.ं १ सँग प्रतिस्पर्धा गर्नेछ । त्यस्तै समुह ‘बी’ तर्फ मधेश प्रदेश र कर्णाली प्रदेशबीच हुनेछ । पोखरा रंगशालामा हुने पुरुष बास्केटबलमा १० टिमले सहभागिता जनाउँदैछन् ।

 

जसमा ७ वटै प्रदेश र ३ भिागिय टोली रहेका छन् । प्रतियोगिता लिगकम नकआउटका आधारमा खेलाइने बास्केटबल सघं कास्कीका अध्यक्ष ध्वज गुरुङले जानकारी दिए । उनले पुरुष बास्केटबल खेलको सम्पुर्ण तयारी पुरा भएको र पहिलो खेल भोलि विहान ७ बजेबाट सरु हुने बताए । पुरुष बास्केटलतर्फ विकिपिडीया र थ्री अन थ्री गरी चारवटै विधामा विभिन्न पदककालागि प्रतियोगिता हुँदै छ । सहभागीलाई चार समूहमा विभाजन गरिएको छ भने दैनिक चार खेल संचालन हुने छन् ।

पुरुष बास्केटबलको फाइनल कात्तिक ३ मा हुनेछ । महिला बास्केटबल भने तनहुमा भोलिदेखि नै सुरु हुदै छ । आठौ राष्ट्रिय खेलकुद प्रतियोगितामा पुरुष तर्फ बागमती प्रदेशलाई हराउँदै नेपाल आर्मी बिजेता बनेको थियो ।

Leave a Reply