पुरुष ह्याण्डबलमा गण्डकी, लुम्बिनी, आर्मी र एपीएफ अन्तिम ४ मा

२७ आश्विन २०७९, बिहीबार

 

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष ह्याण्डबलमा गण्डकी, लुम्बिनी, आर्मी र एपीएफले अन्तिम ४ मा स्थान बनाएको छ।
समूह ए बाट गण्डकी र विभागीय आर्मीले अन्तिम ४ मा स्थान बनाएको हो।
त्यस्तै, समूह बी बाट विभागीय सशस्त्र र लुम्बिनीले अन्तिम ४ मा स्थान बनाएको हो। सशस्त्रले समूह विजेता र लुम्बिनीले उपविजेता बन्दै सेमिफाइनलमा स्थान बनाएको हो।
पुरुषतर्फको ह्याण्डबलमा समूह ‘ए’ बाट गण्डकी र आर्मीमध्ये विजेता र उपविजेताको टुंगो लगाउन बाँकी छ। ५ टिम रहेको समूह ए मा गण्डकी र आर्मी दुबैले लगातार ३ खेल जित्दै अन्त्यमा २७÷२७ को बराबरीसँगै समूहको लिग खेललाई अन्त्य गरेको थियो।
यसअघि, लिगअन्तर्गत आर्मीले ४ खेलमा १७८ गोल गरेको छ भने ६३ गोल खाएको छ। यता, गण्डकीले लिगअन्तर्गतको खेलमा १८४ गोल गरेको छ भने ७४ गोल खाएको छ।

 

Leave a Reply