कास्की १ (ख) मा नेकपा एमालेको चुनाव प्रचारप्रसार तिव्र

८ कार्तिक २०७९, मंगलवार

पोखरा ।
कास्की क्षेत्र नं. १ (ख) मा नेकपा एमालेले आगामी मंसिर ४ गते हुने चुनाव केन्द्रित रहेर प्रचारप्रसारलाई तिव्र पारेको छ ।
सो क्षेत्रबाट प्रदेश सभा सदस्यका प्रत्यासी उम्मेदवार बेदबहादुर गुरूङ (श्याम) र प्रदेशतर्फ समानुपातिक उम्मेदवार नन्दकला नेपालीसहित एमाले नेता, कार्यकर्ता तथा एमाले निकट स्थानिय नागरिक स्वस्फूर्त रुपमा सहभागी भई नेकपा एमालेलाई जिताउनको लागि प्रचारप्रसारको कामलाईृ तिव्रता दिएका हुन् ।

सोमवार पोखरा १२ मा घरदैलो कार्यक्रम गर्दै उम्मेदवारद्धयले कृषि, स्वास्थ्य, शिक्षा, विकास निर्माण तथा शान्ति सुरक्षा कायम गर्नमा एमाले पार्टी सधैं अग्रस्थानमा रहेको स्मरण गराउँदै प्रदेश तथा वडामा भएका विकासका कामहरु एमालकोे नेतृत्वमा भएको बताए ।

साथै, एमालेको सरकार रहदा प्रकृयामा रहेका कामहरु पूरा गरेर गठबन्धन सरकारले आफूले जस लिन खोजेको उनीहरुको आरोप छ ।

Leave a Reply