जनताको मतको कदर गर्नेछु : विन्दु कुमार थापा

१२ कार्तिक २०७९, शनिबार

पोखरा।  कास्की क्षेत्र नं.२ (ख) बाट प्रदेश सभा सदस्यका रुपमा उम्मेदवारी दिएका विन्दु कुमार थापाले जनताको मतको कदर गर्न आफु प्रतिबद्ध रहेको बताएका छन् । गण्डकी प्रदेश सरकारका बाहलवाला कानून,संचार तथा प्रदेश सभा मामिला मन्त्री समेत रहेका थापाले अबको आफ्नो बाटो भनेकै विकास र समृद्धिको भएको उल्लेख गरे ।
‘तपाईहरुको मतको कदर गर्नेछु । खेर जान अवश्य दिनेछैन । २०७४ सालको निर्वाचनमा जसरी यहाँहरुले विश्वास गर्नुभयो । आशा छ यसपाली पनि यहाँहरुको माया पाउनेछु । गएको ५ वर्ष नीति निर्माण गरियो । अब विकास र समृद्धि तर्फ प्रदेशलाई अगाडि बढाउने हो ।’, उनले भने ।
थापाले पोखरा ८ आफ्नै वडा पनि भएकाले यहाँका हरेक समस्यासँग आफु जानकार रहेको अभिव्यक्ति दिए । विकास र समृद्धिसँग जोड्ने विषयमा आफ्नो ध्यान केन्द्रित हुने भनाई उनको छ ।
यसअघि प्रदेश सांसद हुँदा पनि पोखरा ८ को विकासमा सक्दो पहलकदमी गरेको र आगामी दिनमा समेत यसको निरन्तरता हुने दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
पोखरा ८ का मतदाता पनि विन्दु कुमार थापालाई पुनः प्रदेश सभा सदस्यको उम्मेदवारको रुपमा पाउँदा खुशी देखिन्छन् । आफ्नो तलब भत्ता सबै सामाजिक सेवामा खर्च गर्ने, कुनै लोभलालच नभएको विकासप्रेमी नेतालाई नै आफ्नो मत जाने भनाई मतदाताको छ ।
निरास भएका जनतालाई उत्साह दिलाउने गरी काम गर्न चुनावी मैदानमा आएको भनाई थापाको छ ।

Leave a Reply