पाँच दलीय गठबन्धनका उम्मेदवारलाई जिताउन सक्रिय भएर लागाैँ:काँग्रेस प्रवक्ता महत

१६ कार्तिक २०७९, बुधबार

 

पाेखरा ।नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले आसन्न मंसीर ४ गते हुने निर्वाचनमा पँच दलिय गठबन्धनका उम्मेदवारलाई जिताउन नेपाली काँग्रेसका हरेक कार्यकर्ता सक्रिय भएर लाग्नुपर्नेमा जाेड दिएका छन्।प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन २०७९ केन्द्रीय प्रचारप्रसार समितिका संयाेजक समेत रहेका प्रवक्ता डा. महतले मंगलबार पाेखरामा खेलकुद क्षेत्र समन्वय तथा प्रचारप्रसार उपसमितिले आयोजना गरेको छलफल तथा भेटघाट कार्यक्रममा बाेल्दै आबश्यकताकाे सिद्धान्त अनुसार अन्य दलसँग गठबन्धन गरिएकोले १सय ६५ निर्वाचन क्षेत्रमा उम्मेदवार दिएर थाेरै सिट जित्नु भन्दा ९१ ठाउँमा उम्मेदवार दिएर धेरै सिट जित्ने रणनीति अनुसार काँग्रेस अगाडि बढेको बताए ।

‘कांग्रेस ठूलो पार्टी हो, अन्य दलका भन्दा धेरै मतदाता र नेता छन् । तर प्रत्यक्ष निर्वाचनमा थोरै मतले हारजित हुने गर्छ, एक सय ६५ निर्वाचन क्षेत्रमा उम्मेदवार दिएर थोरै सिट जित्नुभन्दा ९१ ठाउँमा उम्मेदवार दिएर धेरै सिट जित्ने सिद्धान्तअनुसार नै कांग्रेस अगाडि बढेको हो’, उनले भने, ‘सीमित नेताले मात्र टिकट पाएका छन्, चित्त सानो नगरी कांग्रेस तथा पाँच दलीय गठबन्धनअन्तर्गत निर्वाचनमा उम्मेदवार बनेका अन्य पार्टीका उम्मेदवारलाई जिताउन हरेक कांग्रेस कार्यकर्ता सक्रिय भएर लागौँ ।’

Leave a Reply