कास्की – २ मा प्रतिनिधि सभा सदस्यमा  एमालेकी विद्या भट्टराई निर्वाचित

८ मंसिर २०७९, बिहीबार

पाेखरा ।  कास्की क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका उम्मेदवार विद्या भट्टराई फराकिलो मतान्तरले निर्वाचित भएकी छन् ।

विहिवार सम्पन्न मतगणनामा भट्टराईले उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार माधव प्रसाद कंडेलसंग ४,५०३  मतान्तरले निर्वाचित भएकी हुन् ।

भट्टराईले १६,९९८ मत प्राप्त गर्दा कंडेलले १२,४९५ मत प्राप्त गरे । यस्तै गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका श्रीनाथ बरालले ९,६५९ मत प्राप्त गरेका छन् ।

कूल मतदाता ७९ हजार १३८ जना रहेको यस क्षेत्रमा ४९,९२० मत खसेको थियो । प्रतिनिधि सभातर्फ १७ जनाले उम्मेदवारी दिएका थिए ।

 

Leave a Reply