जन्म दिनकाे उपलक्ष्यमा पवित्रा बरालले गरिन महालक्ष्मीकाे सावधिक विमा

२४ पुष २०७९, आईतवार

 

पाेखरा।पाेखरा महानगरपालिका वडा नम्बर १७ निवासी पबित्रा बरालले आफ्नो जन्म दिनको अवसरमा महालक्ष्मी लाईफ ईन्स्याेरेन्सकाे सावधिक बिमा गर्नुभएको छ।

उहाँले १५ लाख बिमाङ्क रकमकाे १६ बर्षीय  घातक राेग सुबिधा सहितको बिमा गर्नु भएको हाे।

बचत तथा सामाजिक सुरक्षाका साथै घातक राेग सुबिधा सहितकाे बिमा हरेक नागरिकका लागि आबश्यक रहेको उहाँको भनाइ छ।

थाेरै थाेरै बचत गरी सुरक्षित भबिश्यकाे लागी बिमा गर्न उहाँले सुझाव समेत दिनुभयो ।

महालक्ष्मी लाईफ ईन्स्याेरेन्सले आइतबार पाेखरामा आयोजना गरेको एक कार्यक्रममा बाेल्दै महालक्ष्मी लाईफ ईन्स्याेरेन्सका क्षेत्रीय प्रबन्धक अखिल धमलाले बचत तथा आर्थिक सुरक्षाका लागी बिमा उत्कृष्ट माध्यम भएको उल्लेख गर्दै फजुल खर्च नगरी महालक्ष्मीले प्रदान गर्ने विभिन्न बिमा याेजनामा सहभागी हुन  अनुराेध समेत गर्नुभयो ।

काम पाईन भनेर बस्नु भन्दा  बिमा जस्तो पवित्र कार्यमा सबैजना जुट्नुपर्ने उहाँको भनाइ थियाे।

पछिल्लो समय जन्म दिनका अबसरमा बिमा गर्नेहरूको संख्या बढ्दै गएको उहाँले जानकारी दिनुभयो ।

 

 

 

Leave a Reply