कास्की ।कास्कीको मादी गाउँपालिका वडा नम्बर १ को वडा कार्यालयले आज साेमबारबाट घुम्ती सेवा दिने भएको छ।
मादी १ को वडा कार्यालयले प्रत्येक २/२ महिनामा सेवाग्राहीहरूको सहजताको लागि दिदै आएको वडा घुम्ति सेवा पुनः आजबाट सुरू भएको हाे।
गत कार्तिक अन्तिम हप्ता गरेको घुम्ती सेवा त्यसको ठिक दुई महिनापछि आज पहिलो दिन मादी १ को खिलाङ गाउँमा हुनेछ ।
भोलि पौष २६,२७ र २८ गते पोखरा १२ स्थित सिक्लेस पार्चे तमू समाज घरमा घुम्ति सेवा हुने भएको छ ।
वडा घुम्ति सेवामा वडाबाट प्रदान गरिदै आएका सबै प्रकारका सेवाहरू, व्यक्तिगत घटना दर्ता ( जन्म दर्ता, विवाह दर्ता, सम्वन्धविच्छ्रेद दर्ता, बसाइँसराइ दर्ता, मृत्यू दर्ता, प्रमाणित सिफारिस ( जन्म, विवाह, मृत्यू, ठेगाना, अविवाहित लगायत ), मालपोत सिफारिसहरू, नयाँ नागरिकता एवम् प्रतिलिपी नागरिकता सिफारिस, घर जग्गाको कर तिर्ने, सामाजिक सुरक्षा भत्ता सम्वन्धिका कागजी कामहरू लगायतका कार्यहरू उपलब्ध हुने मादी गाउँपालिका वडा नम्बर १ का वडाअध्यक्ष देवीजंङ्ग गुरुङले पाेखरा पाेष्टलाई जानकारी दिनुभयो ।