लायन्स क्लव अफ पाेखरा आरम्भ चाैतारीकाे नेतृत्व विकास तालिम सुरु

८ फाल्गुन २०७९, सोमबार

 

 

पाेखरा।लायन्स क्लब अफ पाेखरा आरम्भ चाैतारीकाे आयोजनामा नेतृत्व विकास तालिम साेमवारदेखि पाेखरामा सुरु भएको छ।तालिमको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्ट्रिक ३२५ जे नेपालका द्वितीय भाइस गभर्नर मिलन थापाले असल नेतृत्ववाट नै सामाजिक रुपान्तरण गर्न सकिने वताउनुभयाे।उहाँले महिलाहरुलाई घरेलुु कामकाजका साथै सामाजिक काममा समेत अग्रसर हुनका लागि थुप्रै चुनाैतिहरु रहेको उल्लेख गर्दै समाजमा महिलाको नेतृत्व स्थापित गर्न पितृसत्तात्मक साेच हटाउन पर्ने वताउनुभयाे।

 

म गर्न सक्छु भन्ने आटले नै मानिसले सफलता हासिल गर्न सक्छ भन्दै उहाँले हरेक क्षेत्रमा महिलाको नेतृत्व पुरुषकाे तुलनामा बढि अनुशासित र पारदर्शी हुने दाबी समेत गर्नुभयाे।

 

लायन्स क्लव अफ पाेखरा आरम्भ चाैतारीका  अध्यक्ष माया बरालले महिलाको नेतृत्व विकास नभै लैङ्गिक समतामूलक समाज निर्माण गर्न नसकिने भएकोले महिलाको हरेक क्षेत्रमा अर्थपूर्ण सहभागीता गर्ने उदेश्यले तालिमको आयोजना गरिएको जानकारी दिनुभयो ।

 

लायन्स क्लव अफ पाेखरा आरम्भ चाैतारीका  अध्यक्ष माया बरालको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य अधिवक्ता सरिता तिम्सिना पगेनी,पाईला आमा समुहका अध्यक्ष सुमित्रा कार्की,स्वागत नगर टाेलका उपाध्यक्ष देव राना ,नमुना गतिशील आमा समुहका सहसचिव सावित्री साप्काेटा लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियाे।

कार्यक्रमकाे संचालन लायन्स क्लव अफ पाेखरा आरम्भ चाैतारीका सचिव देविका कार्कीले गर्नुभएको थियाे।

दुई दिनसम्म संचालन हुने तालिमको प्रशिक्षकका रुपमा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य अधिवक्ता सरिता तिम्सिना पगेनी रहनु भएको छ।

तालिममा ३५ जनाकाे सहभागीता रहेको छ।

 

 

 

Leave a Reply