कास्कीको रुपा गाउँपालिकाले स्थापना दिवसको अवसरमा विभिन्न कार्यक्रम गर्ने

१२ फाल्गुन २०७९, शुक्रबार

 

 पोखरा । कास्कीको रुपा गाउँपालिकाले आफ्नो स्थापना दिवसका अवसरमा विभिन्न कार्यक्रम गर्ने भएको छ । गाउँपालिकाले यहि फागुन २३ गते देखि अध्यक्ष कप खुल्ला पुरुष भलिबल प्रतियोगिता, रुपा गाउँपालिका स्तरिय झाँकी प्रदर्शन प्रतियोगिता, माला प्रतियोगिता गर्न लागेको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा गाउँ पालिकाका अध्यक्ष नवराज ओझाले जानकारी दिनुभयो ।

युवाहरुलाई खेलकुदको माध्यमद्वारा शारिरिक, मानसिक र व्यक्तित्व विकासको लागि भलिबल प्रतियोगिता, लोप हुन लागेका विभिन्न जातजातीहरुको संस्कृती संरक्षण गर्ने उद्देश्यका साथ झाँकी प्रदर्शन प्रतियोगिता र माला प्रतियोगिता राखिएको पत्रकार सम्मेलनमा  अध्यक्ष  ओझाले जानकारी दिनुभयो।

पत्रकार सम्मेलनमा बाेल्दै अध्यक्ष ओझाले जति जति स्थानीय तह बलियो हुन्छ त्यति नै छिटाे देशको बिकास हुने बताउनु भयाे।संघ र प्रदेशले स्पष्ट कानुन नबनाउदा स्थानिय तहलाई काम गर्न अप्ठ्यारो परेको समेत उहाँले सुनाउनुभयो ।

पत्रकार सम्मेलनमा बाेल्दै गाउँ पालिकाका उपाध्यक्ष लालसुब्बा गुरुङले स्थानिय तहले हेर्न सक्ने मुद्दाका बिषयमा जनचेतना जगाउने गरेको उल्लेख गर्दै कानुनी समस्या परेको बखतमा कानुनी सल्लाहकार मार्फत सल्लाह लिएर न्यायिक समितिले काम गरेको जानकारी दिनुभयो ।

 

 

भलिबल प्रतियोगिता तर्फ प्रथम हुने टिमले नगद रु १ लाख २५ हजार, दोस्रो हुने टिमले नगद रु ८० हजार र तेस्रो हुने टिमले नदग रु ५० हजार प्राप्त गर्नेछन् । साथमा ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । साथै उत्कृष्ट ७ विधा तर्फ पनि नगद पुरस्कार राखिएको छ ।

त्यस्तै झाँकी प्रदर्शन प्रतियोगितामा प्रथम हुने टिमले नगद रु ३० हजार, दोस्रो हुने टिमले नगद रु २० हजार, तेस्रो हुने टिमले नगद रु १० हजार र सान्त्वना हुने टिमले नगद रु ५ हजार प्राप्त गर्ने  पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
त्यसैगरि माला प्रतियोगिता तर्फ प्रथम हुनेले नगद रु ६ हजार ६ सय ६७, दोस्रो हुनेले नगद रु ४ हजार र तेस्रो हुनेले नगद रु २ हजार ६ सय ६७ प्राप्त गर्ने आयोजकले जनाएको छ ।

स्थापना दिवसका अवसरमा हुने विविध कार्यक्रमलाई भव्यरुपमा सम्पन्न गराउन लालसुब्बा गुरुङको मुल आयोजक समितिसँगै विभिन्न उपसमिति गठन गरिएको छ ।

स्थापना दिवस अन्तरगतको कार्यक्रमहरु फागुन २७ गतेसम्म सञ्चालन हुनेछ ।

गाउँपालिकाले २०७५ सालदेखि निरन्तर आफ्नो स्थापना दिवसका अवसरका भलिबल प्रतियोगिता, झाँकी प्रदर्शन र माला प्रतियोगिता गर्दै आइरहेको छ ।

 

 

 

 

 

 

 

 

 

 

 

Leave a Reply