नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित

२५ फाल्गुन २०७९, बिहीबार

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएका छन् । गणतन्त्र नेपालको तेस्रो राष्ट्रपति निर्वाचित हुँदा पौडेलले ३२ हजार ८०२ मतभार पाए । आफ्नै उम्मेदवार उठाएको नेकपा एमाले, तटस्थ बसेका राप्रपा र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) बाहेक सबै दलले पौडेललाई मत दिएका छन् ।

सरकारको नेतृत्व गरेको माओवादी केन्द्रसहित ७ दलका नेताहरु पौडेलेको समर्थक÷प्रस्तावक बसेका थिए । अन्तिम समयमा प्रतिनिधिसभाको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि पौडेललाई नै मत दिएको छ ।

नेकपा एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङले भने आफ्नो दलको मात्र १५ हजार ५१८ मत मात्रै पाए ।

 

Leave a Reply