सिद्धार्थ गाैतम बचत तथा ऋण सहकारीको सहकारी दिवसको अवसरमा सरसफाई

२० चैत्र २०७९, सोमबार

सिद्धार्थ गाैतम बचत तथा ऋण सहकारीले सहकारी दिवसको अवसरमा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । ६६ औं राष्ट्रिय सहकारी दिवसको अवसर पारेर सहकारीले आईतबार सरसफाई तथा जनचेतना कार्यक्रम सम्पन्न गरेको हो। सरसफाई कार्यक्रममा बोल्दै अध्यक्ष खेम बहादुर गुरुङले सहकारीले पनि सामाजिक उत्तरदायित्वको क्षेत्रमा काम गर्दै गएको बताए । सहकारी समुदायमा आधारित भएर चल्ने भएकाले पनि समाजको आर्थिक, सामाजिक लगायत विभिन्न क्षेत्रमा सहकारीहरुले काम गर्दै आएको उनको भनाई छ । समुदायमा आधारित भएर सञ्चालन भएका सहकारीमा कुनै किसिमको समस्या पनि नभएको र सदस्यको मन जित्न पनि सफल भएको उनले बताए ।

प्रबन्धक विजयराज पगेनीले सहकारीले विगत देखि नै सामाजिक कार्यक्रमहरु गर्दै आएको बताए ।  सदस्यलाई आर्थिक रुपमा सवल बनाउने देखि विभिन्न समयमा आईपर्ने बिपत्को समयमा पनि सहकारीले काम गरिरहेको उनले बताए । सरसफाई कार्यक्रममा सहकारीका सञ्चालक समिति, कर्मचारी, सदस्यहरु,  व्यवस्थापन समितिका प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।

पाेखराकाे अमरसिंहमा मुख्य कार्यलय रहेको सहकारीकाे महेन्द्रपुल र तालचाेकमा सेवाकेन्द्र रहेका छन्।

 

 

Leave a Reply