सामाजिक क्षेत्रमा क्रियाशील महिलाहरुकाे नेतृत्व विकासका लागि पाेखरा -३२ मा उद्घाेषण तालिम

२१ चैत्र २०७९, मंगलवार

पाेखरा। सामाजिक क्षेत्रमा क्रियाशील महिलाहरुकाे नेतृत्व तथा क्षमता विकासका लागि पाेखरा महानगरपालिका वडा नम्बर ३२ मा उद्घाेषण तालिम साेमवार देखि सुुरु भएको छ।तालिमकाे उद्घाटन गर्दै पत्रकार महासंघका केन्द्रीय सदस्य अधिवक्ता सरिता तिम्सिना पगेनीले स्थानीय तहले भाैतिक विकासमा मात्र सिमित नरहि मानविय विकासमा समेत लाग्नु पर्नेमा जाेड दिनुभयो ।महिलाको नेतृत्व विकासद्वारा नै लैङ्गिक समतामूलक समाज निर्माण गर्न सकिने उल्लेख गर्दै उहाँले स्थानीय तह देखि नै महिलाको आर्थिक ,सामाजिक र साँस्कृतिक शसक्तिकरणका कार्यक्रमलाई प्राथमिकतामा राखेर काम गर्नु पर्ने वताउनुभयाे ।

कार्यक्रममा बाेल्दै पाेखरा महानगरपालिका वडा नम्बर ३२ का वडा अध्यक्ष अक्कल बहादुर कार्कीले महिलाको क्षमता विकासका कार्यक्रमका लागि वडा कार्यलय सधैं तयार रहेको बताउनुभयो ।उहाँले महिलाका लागि के कस्ता कार्यक्रम आबश्यक छन् वडा कार्यलयमा प्रस्ताव पेश गर्न समेत अनुरोध गर्नुभयो ।

महिलाको विकास विना वडाको विकास सम्भव नहुने उल्लेख गर्दै उहाँले पाेखराका ३३ वटा वडा मध्ये ३२ नम्बर वडामा धेरै विकास निर्माणका कामहरू भईरहेकाे दावी गर्नुभयो ।

त्यसैगरी पाेखरा ३२ का वडा सदस्य एवम् कार्यक्रम संयाेजक शाेभा विकले महिलाको नेतृत्व विकासका लागि तालिमको आयोजना गरिएको जानकारी दिनुभयो ।उहाँले पाेखरा ३२ मा रहेका महिला समूहका अध्यक्ष ,सचिव लगायत पदाधिकारीहरुलाई तालिममा सहभागीताका लागि अनुरोध गरिएको पनि जानकारी दिनुभयाे।

पाेखरा -३२ का वडा अध्यक्ष अक्कल बहादुर कार्कीकाे अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य सावित्रीदेवी पण्डित ,शाेभा विक ,तीर्थबहादुर सुयल,रविराज तिवारी लगायतले शुभकामना मन्तव्य ब्यक्त गर्नु भएको थियाे।

कार्यक्रमकाे संचालन पाेखरा- ३२ का कर्मचारी सत्य देवकोटा पहारीले गर्नुभएको थियाे।

 

दुई दिन सम्म संचालन हुने तालिममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य अधिबक्ता सरिता तिम्सिना पगेनीले सहजकर्ताकाे रुपमा रहनुभएकाे छ।

पाेखरा महानगरपालिका वडा नम्बर ३२ काे आयोजना एवम् पाेखरा महानगरपालिका सामाजिक विकास महाशाखाकाे सहयोगमा  भएको तालिममा पाेखरा- ३२ का विभिन्न महिला समुहका ४० जनाको सहभागीता रहेको छ।

 

 

 

 

 

 

 

Leave a Reply