शिक्षासेवी हरिशचन्द्र वाग्ले क्रियाशील महिला पत्रकारिता पुरस्कार साेनीलाई

५ जेष्ठ २०८०, शुक्रबार
पाेखरा।शिक्षासेवी हरिशचन्द्र वाग्ले क्रियाशील महिला पत्रकारिता पुरस्कार २०७९ तनहुँका पत्रकार साेनी शर्मालाई प्रदान गरिने भएको छ।
क्रियाशिला पत्रकार महिला wwj गण्डकीका संस्थापक अध्यक्ष दुर्गा अधिकारी संयाेजक रहेको प्रतिभा छनाैट समितिकाे सिफारिसमा क्रियाशील पत्रकार महिला wwj गण्डकीकाे साेमबार बसेकाे बैठकले शर्मालाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको क्रियाशील पत्रकार महिला wwj गण्डकीका अध्यक्ष सरिता तिम्सिना पगेनीले जानकारी दिनुभयो ।
 wwj गण्डकीद्वारा संचालित शिक्षासेवी हरिशचन्द्र वाग्लेकाे स्मृतिमा परिवारजनद्वारा स्थापित पुरस्कारवाट यसअघि कास्कीका पत्रकार दुर्गा अधिकारी र म्याग्दीका पत्रकार रेखा काैशल रेग्मी परस्कृत भईसक्नु भएको छ।
करिब दुई दशकदेखि पत्रकारितामा सक्रिय शर्मा नेपाल पत्रकार महासंघ गण्डकीका उपाध्यक्ष एवम् wwj तनहुँका संस्थापक अध्यक्ष समेत हुनुहुन्छ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेकाे प्रमुख आतिथ्यतामा तनहुँमा

जेठ १२ गते कार्यक्रमकाे आयोजना गरी पुरस्कार प्रदान गरिने wwj गण्डकीले जनाएको छ।

Leave a Reply