प्रेस युनियन कास्कीको अध्यक्षमा बासुदेव मिश्र

८ जेष्ठ २०८०, सोमबार

पोखरा। नेपाल प्रेस युनियन कास्कीको अध्यक्षमा बासुदेव मिश्र चयन भएका छन् । सोमबार सम्पन्न भएको युनियन कास्कीको १० औं अधिवेसनले मिश्रलाई अध्यक्षमा सर्वसम्म रुपमा निर्वाचित गरेको हो ।

यसै गरी खुल्ला उपाध्यक्षमा विजय लम्साल, महिला उपाध्यक्षमा ज्योति हमाल, सचिवमा धन बहादुर गुरुङ ( सुमन ) , कोषाध्यक्षमा निराजन अधिकारी सह सचिवमा सपना अधिकारी सर्वसम्मत रुपमा निर्वाचित भएका छन् ।
त्यस्तै गरी सदस्यहरुमा अजय क्षेत्री, विवेक ढुंगाना, रोवर्ट घिमिरे, सञ्जय आचार्य, शिव प्रसाद न्यौपाने, प्रविण थापा, प्रतिमा सापकोटा, बल बहादुर रोका मगर , देविका तामाङ र सविन वि.क.र अभिनन्दन बजिमय रहेका छन् ।

प्रेस युनियन केन्द्रिय प्रतिनिधि छविलाल तिवारी, निर्वाचन समितिका संयोजक राज बहादुर गुरुङ, निर्वाचन समितिका सदस्य , अधिवक्ता गिता लामिछाने लगायतले नव निर्वाचत पदाधिकारीलाई बधाइ दिंदै सफल कार्यकालको शुभकामना दिएका थिए भने नव निर्वाचित अध्यक्ष मिश्रले प्रेस युनियनका सबै लाई समेटेर अगाढि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

Leave a Reply