स्याङ्जामा व्यक्तित्व विकास तथा उद्घाेषण कला   तालिम सुरु

९ जेष्ठ २०८०, मंगलवार

स्याङ्जा ।  स्याङ्जा उद्याेग वाणिज्य संघको आयोजना एवम् मुक्तिनाथ विकास ब‌ैंक र मुक्तिनाथ कृषि कम्पनीकाे सहयाेगमा स्याङ्जामा व्यक्तित्व विकास तथा उद्घाेषण कला   तालिम साेमबारदेखि सुरु भएको छ।

तालिमको उद्घाटन गर्दै मुक्तिनाथ कृषि कम्पनीका कार्यकारी अध्यक्ष भरतराज ढकालले नेपाल कृषि प्रधान देश भनिए पनि कृषि क्षेत्रकाे अबस्था कमजोर हुदैं गएको बताउँनुभयो ।राज्यले कृषिका समस्या पहिचान गरेर मानिसलाई कृषिमा आकर्ष बढाउने खालका कार्यक्रम संचालन गर्नुपर्नेमा उहाँले जाेड दिनुभयो ।निजि क्षेत्रलाई हेर्ने राज्यको दृष्टिकोण सकरात्मक हुनुपर्ने भन्दै कार्यकारी अध्यक्ष ढकालले भन्नुभयो ,”निजी क्षेत्र र सरकार संगसंगै मिलेर काम गर्न सके कृषिमा रुपान्तरण गर्न सकिन्छ ।”कृषिमा राज्यको लगानी बढ्दै गएतापनि उत्पादन बढ्न नसक्दा परनिर्भरता बढ्दै गएको छ भन्दै उहाँले स्वदेशी तथा विदेशी बजारको आबश्यकताकाे अध्ययन र अनुसन्धान गरी गुणस्तरीय बस्तु उत्पादन गर्न सके बैदेशिक राेजगारिका लागि बिदेशिने लाखाै युवालाई स्वदेशमै राेजगार दिने क्षेत्र कृषि हुन सक्ने उहाँको भनाइ थियाे।

 

 

स्याङ्जा उद्याेग बाणिज्य संघका अध्यक्ष रविन्द्रमान  श्रेष्ठले उद्योगी व्यवसायीका लागि बाेल्ने कला सम्बन्धि ज्ञानले व्यवसायमा सफलता हासिल गर्न महत्त्वपूर्ण भुमिका खेल्ने बताउँनुभयाे।ग्राहकसंग राम्रो व्यवहार गर्न सकें मात्रै एउटा असल व्यवसायी हुन सकिने उहाँको भनाइ थियाे।समृद्ध नेपाल बनाउन निजि क्षेत्रलाई हेर्ने सरकारकाे दृष्टिकोण सकरात्मक हुनुपर्ने उहाँको भनाइ थियाे।

 

स्याङ्जा उद्याेग बाणिज्य संघका अध्यक्ष रविन्द्रमान श्रेष्ठकोअध्यक्षतामा भएको कार्यक्रममा सिलाईकटाइ व्यवसायी संघ स्याङ्जाका अध्यक्ष ,रामचन्द्र दर्जी,उद्योग वाणिज्य संघ अर्जुन चाैपारी ईकाईका अध्यक्ष शाेभाकान्त रिजाल ,नागरिक समाज स्याङ्जाका अध्यक्ष ओम शर्मा ,महिला उद्ममी संघ स्याङ्जाका अध्यक्ष सुनिता पाैडेल गाैतम,तालिमका प्रमुख प्रशिक्षक नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य अधिवक्ता सरिता तिम्सिना पगेनी लगायतले बाेल्नुभएकाे थियाे।

 

कार्यक्रममा स्वागत मन्तव्य स्याङ्जा उद्याेग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष हिक्मत श्रेष्ठले गर्नुभएको थियाे भने कार्यक्रमकाे संचालन महासचिव रामचन्द्र नेपालले गर्नुभएको थियाे।

५ दिनसम्म संचालन हुने तालिमलाई  नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य अधिबक्ता सरिता तिम्सिना पगेनी ,नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारी र पुर्व अध्यक्ष दिपेन्द्र श्रेष्ठले सहजिकरण गर्ने स्याङ्जा उद्याेग बाणिज्य संघका अध्यक्ष रविन्द्रमान श्रेष्ठले जानकारी दिनुभयो ।

तालिममा ४० जनाकाे सहभागीता रहेको संघका  महासचिव रामचन्द्र नेपालले जानकारी दिनुभयो ।

 

 

Leave a Reply