नेपाल विद्यार्थी संघ पाेखरा महानगरकाे अध्यक्षमा विपिन पाैडेल

१६ जेष्ठ २०८०, मंगलवार

 

 

पाेखरा। नेपाली काँग्रेसकाे प्रमुख भातृ संगठनकाे रुपमा हेरिने नेपाल विद्यार्थी संघ पाेखरा महानगरकाे अध्यक्षमा कास्कीका प्रभावशाली विद्यार्थी नेता विपिन पाैडेललाई मनाेनित गरिएको छ।

नेपाल विधार्थी संघ (ने.वि. संघ) कास्कीका अध्यक्ष नसिब गुरुङले नेपाली काँग्रेसका क्षेत्रीय प्रतिनिधि तथा नेपाल बिद्यार्थी संघका विभिन्न आन्दोलन तथा कार्यक्रममा सक्रिय भुमिका निभाउदै आएका पाैडेललाई पाेखरा महानगरकाे अध्यक्षकाे जिम्मेवारी प्रदान गरिएको जानकारी दिनुभयो ।

पौडेल नेपाली काँग्रेसको १४औँ महाधिवेशनमा पोखरा महानगरपालिका वडा नं ६ बाट नेपाली काँग्रेसको क्षेत्रीय प्रतिनिधि पदमा निर्वाचित भएका थिए ।

अध्यक्ष पाैडेलले पाेखरा महानगरकाेअध्यक्षमा रहेर काम गर्ने जिम्मेवारी प्राप्त भएको प्रति खुसी व्यक्त गर्दै आगामी दिनमा थप जुझारु र ईमानदारीपुर्वक जिम्मेवारी निभाउने पाेखरा पाेष्टलाई जानकारी दिनुभयो ।

नेपाली काँग्रेसकाे नर्सरी भनेर चिनिने नेबिसंघलाई थप बलियाे वनाउदै लैजाने उहाँले बताउनुभयो ।

 

Leave a Reply