ज्येष्ठ नागरिक दुब्र्यवहार कानुन छ कार्यान्वयन छैन

३२ जेष्ठ २०८०, बिहीबार

पोखरा । थुप्रै पीडा र दुख लुकाएर घर, समुदाय र हेरचाह केन्द्रमा बस्ने आमाबुवाहरुले आज ज्येष्ठ नागरिक दुब्र्यवहार बिरुद्धको बिश्व चेतना दिवस मनाएका छन् । संयुक्त राष्ट्र संघले सन् २०११ देखि यो दिवस मनाउन थाले पनि नेपालका गैह्रसरकारी निकाय ज्येष्ठ नागरिकहरुको छाता संगठन राष्ट्रिय ज्येष्ठ नागरिक महासँघले सन् २०१५ देखि यो दिवस मनाउन थालेको हो । सरकारी निकायले यो दिवस मनाउन त्यति चासो नदेखाए पनि बिद्यमान नेपालका ऐन कानुन ज्येष्ठ नागरिक मैत्री बनाउन थालेको अठार बर्ष पुरा भएको छ ।
नेपालको सम्बिधानमा ज्येष्ठ नागरिकहरुका हक, अधिकारलाई मौलिक हकका रुपमा प्रस्थापनामा उल्लेख गरिएको छ । त्यसै अनुसार ज्येष्ठ नागरिकहरुलाई समाजिक सुरक्षा भत्ता, सत्तरी बर्ष नाघेका ज्येष्ठ नागरिकहरुलाई निशुल्क स्वास्थ्य बिमा, उपचारका क्रममा अरुको लाईनमा बस्न नपर्ने, बत्ति, पानीको बिल तिर्न जाँदा छुट्टै लाइनको ब्यवस्था, स्वास्थ्य निर्देशिका अनुसार औषधि खरिद गर्दा अल्जाईमर डिमेन्सिया, मुटुरोग लगायतका कतिपय रोगको औषधि निशुल्क बनाईएको छ ।
ऐन, कानुनमा जतिसुकै राम्रो ब्यवस्था गरिए पनि ब्यवहारमा तिनलाई परिपालना गर्न सकिएको छैन । यो कुराको स्वीकारोक्ति आज आयोजित दुब्र्यबहार चेतना दिवसका अवसरमा पनि बताईयो । गण्डकी प्रदेश सरकार, सामाजिक बिकास तथा स्वास्थ्य मन्त्रालयका मन्त्री शुशिला सिंखडाले आज आयोजित एक कार्यक्रममा सो कुरा स्वीकार गरेकी हुन् । मन्त्री सिंखडाले समाजमा कसैप्रति पनि दुब्यवहार गरिनु हुन्न भन्दै ज्येष्ठ नागरिकहरु प्रति हुने दुब्र्यवहारको बिरुद्ध आफु खुलेर बिरोध गर्ने कुरा बताईन् । उनले प्रदेश सरकार दुब्र्यवहार बिरुद्धका नीति, ऐन कानुन निर्माण र भैरहेका कानुनी ब्यवस्थालाई कार्यान्वयनमा जोड दिने बताईन् ।
गण्डकी ज्येष्ठ नागरिक संघको आयोजना तथा पोखरा बृद्धाश्रमको सह–आयोजनामा भएको उक्त कार्यक्रममा अधिकांस बक्ता एवम सहभागिले यस्ता सचेतनात्मक कार्यक्रम पालिका, प्रदेश र संघीय सरकारले गर्नु पर्ने दायित्व बोध गराए । कार्यक्रममा बोल्दै राष्ट्रिय ज्येष्ठ नागरिक महासँघका केन्द्रीय सचिव तथा प्रेस स्वतन्त्रता सेनानी कुसुम केशव पराजुलीले आफुहरु ज्येष्ठ नागरिकका लागि सरकार संग मिलेर थुप्रै काम गर्न चाहेको भए पनि खाशै चासो नदिईएकोमा गुनासो पोखे । कहिले काँही कार्यक्रमका लागि सामान्य बजेट छुट्टाए पनि ज्येष्ठ नागरिकको पहुँच सम्म पुग्न नसक्नुमा पराजुलीले दुख ब्यक्त गरे ।
अझै पनि साठी बर्ष नाघेका ज्येष्ठ नागरिकहरुलाई शारीरिक, मानसिक, आर्थिक, यौनिक, साँस्कृतिक रुपमा दुब्र्यबवहार गरिने गरेको तथ्याड्ढ उक्त अवसरमा पेश गरिएको थिायो । घरपरिवार, आफन्तजन,समाजका ब्यक्तिहरुबाट ज्येष्ठ नागरिकहरु प्रताणित हुनु परेको उक्त अवसरमा बताईयो । संयुक्त राष्ट्र संघको बिश्व स्वास्थ्य संगठनले सन् २०२२ मा प्रकाशन गरेको तथ्याड्ढ अनुसार घरमा सम्पत्ती आफ्नो नाममा दिएन भनेर, स्याहार केन्द्रमा दीर्घरोगि र अशक्त भै लालन पालन गर्नु प¥यो भनेर, आफुलाई यौनतुष्टी मेटाउन पाएन भनेर अनि सामाजिक, साँस्कृतिक बिभेद गरेर दुब्र्यवहार गरिने गर्दछ ।
गण्डकी ज्येष्ठ नागरिक सँघका सचिव धर्म बहादुर गुरुङ्गका अनुसार कार्यक्रममा अधिवक्ता गीता लामिछान र मानव अिधकार आयोग गण्डकी प्रदेशका अधिकृत टंक खनालले ज्येष्ठ नागरिकका हक अधिकार र उनिहरु प्रति हुने दुब्र्यवहार बिरुद्ध नेपालको कानुनी ब्यवस्था बारे प्रशिक्षण दिएका थिए । कार्यक्रममा गण्डकी प्रदेशमा बिगतमा बिभन्न क्षेत्रमा उल्लेखनीय योगदान दिएका ज्येष्ठ ब्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । यसरी सम्मान हुनेमा बरिष्ठ शिक्षाबिद तथा समाजसेवी बिकल शेरचन, हेरम्बराज कोईराला, पिताम्बर शर्मा, दामोदर शर्मा, लेखनाथ शर्मा साथै ज्येष्ठ नागरिकका क्षेत्रमा निरन्तर लाग्दै आएका भक्तराज श्रेष्ठ, बागवानी बिज्ञ बिश्वनाथ पराजुली छन् । कार्यक्रम ज्येष्ठ नागरिक संघ, कास्कीका अध्यक्ष बिश्वेश्वर आचार्यको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Leave a Reply