तेस्रो गण्डकी प्रदेशस्तरिय तथा पहिलो कास्की जिल्ला स्तरिय आइटिएफ तेक्वान्दो प्रतियोगिता

२ असार २०८०, शनिबार

पोखरा । पोखराको रंगशालामा भोलिदेखि तेस्रो प्रदेशस्तरिय तथा पहिलो कास्की जिल्ला स्तरिय आइटिएफ तेक्वान्दो प्रतियोगिता २०८० हुने भएको छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश आईटिएफ तेक्वान्दो संघको सहआयोजनामा उक्त प्रतियोगिता हुन लागेको शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको हो । सोहि अवसरमा गण्डकी प्रदेश स्तरिय आइटिएफ तेक्वान्दो टेक्निकल तथा प्रशिक्षक सेमिनार प्रतियोगिता पनि सञ्चालन हुने छ । प्रतियोगिताको उद्धघाटन भोली १ बजे संघिय सरकारका यूवा तथा खेलकुद मन्त्री दिग बहादुर लिम्वुले गर्ने आयोजकले जनाएको छ ।
पोखरा रंगशालास्थित बहुउद्धेश्यिय कभर्डहलमा आयोजना हुने उक्त प्रतियोगितामा ७ जिल्लाका ३ सय भन्दा बढि खेलाडीहरुको सहभागिता रहने आइटिएफ तेक्वान्दो संघ गण्डकीका अध्यक्ष घम बहादुर थापाले जानकारी दिएका दिए । उनका अनुसार प्रतियोगितमा कास्की, बागलुङ, पर्वत, म्याग्दी, नवलपुर, स्याङजा र तनहुँका महिला तथा पुरुष खेलाडीहरुको सहभागिता हुने छ । प्रतियोगितामा २८ स्वर्ण, २८ रजत र ३२ काश्यपदकका लागि प्रतिस्पर्धा हुने गण्डकी उपाध्यक्ष तथा रेफ्रि अफिसियल संयोजक आकाशचन्द्र घर्तीमगर जानकारी दिए । उनका अनुसार प्रतियोगितामा एकल काता स्पाइरिङ, तथा एकल प्याट्रनमा प्रतिस्पर्धा हुनेछ जसमा स्पाइरिङतर्फ ४५ देखि ८५ केजी तौल सम्म तथा महिलातर्फ ४० देखि ७० केजी सम्म प्रतिस्पर्धा गराइने भएको छ । त्यसै गरी एकल प्यार्टनतर्फ ग्रिन बेल्ट देखि ब्ल्याक बेल्ट तेस्रो डान सम्मका खेलाडीहरु प्रतिस्पर्धामा उत्रिने छन् । सो अवसरमा विभिन्न खेल प्रदर्शनीहरु समेत साथै राष्ट्रिय खेलकुदमा प्रतियोगिता स्वर्ण बिजेता खेलाडीहरुलाई सम्मान समेत गरिने छ ।
नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघको संयोजनामा हुने प्रतियोगिता सम्पन्न गर्न करिव १२ लाख ५० हजार खर्च हुने अनुमान रहेको आइटिएफ तेक्वान्दो गण्डकीका
कोषाध्यक्ष तथा स्टेज संयोजक बिक्कि सुनारले जानकारी दिए । प्रतियोगितालाई सफल बनाउन आज एकदिने अम्पाएर सेमीनार सम्पन्न गरिएको छ जसमा ३० जना अम्पाएरले प्रतियोगिता सञ्चालन गर्नेछन् । नेपालमा खेलकुदको बिकास,विस्तार, संरक्षण गर्नुका साथै प्रतिभावान खेलाडीहरुको पहिचान तथा प्रोत्साहन गर्ने ,खेलाडीहरुमा स्तरियताको थप अभिबृद्दी गर्ने उद्देश्यले सञ्चालन गर्न लागिएको उक्त प्रतियोगिता २ गते सम्म सञ्चालन हुने छ ।

Leave a Reply