गीतकार एबम् संगीतकार खनियाकाे´मैले बा आमा त्यागेर `काे फिमेल भर्सन सार्वजनिक

४ असार २०८०, सोमबार

 

पाेखरा।गीतकार एबम् संगीतकार हरिहर खनियाले ´मैले बा आमा त्यागेर `काे फिमेल भर्सन सार्वजनिक गरेका छन्।खनियाले आइतबार बिहान आफ्नै अफिसियल ´हरिहर खनिया `युट्युव च्यानल मार्फत गीत सार्वजनिक गरेका हुन्।

डेढ दशक अघि गायक स्वरुपराज आचार्यकाे स्वरमा सार्वजनिक गरिएको उक्त गीतलाई यतिबेला गायिका अञ्जु पन्तकाे स्वरमा सार्वजनिक गरिएको हाे।

राजकुमार बगरकाे मिक्सिङ र माष्टरिङ रहेको गीतलाई विशाल निराैलाले एरेन्ज गरेका छन्।

“स्वरुपराज आचार्यकाे स्वरमा पनि स्राेता -दर्शकले त्यसबेला धेरै रुचाउनुभयाे, “अहिले अञ्जु पन्तकाे स्वरमा पनि स्राेता -दर्शकले रुचाउनुहुनेछ भन्ने बिश्वास छ ।”खनियाले पाेखरा पाेष्टसंगकाे कुराकानीमा भने।

१८ बर्ष अघि कसैको वास्तविक कथालाई गीतमा उतारेकाे बताउने खनियाकाे शब्द एवम् संगीत रहेको उक्त गीत “दाेष”एल्बममा समाबेश थियाे।

प्रेम विरहका गीत लेख्न रुचाउने   खनिया गीतकार प्रतिष्ठान नेपाल पाेखराका अध्यक्ष हुन्।

बिक्रम चाैहानकाे कन्सेप्ट एवम् निर्देशनमा फिमेल भर्सनकाे भिडियो तयार गरिएको छ।भिडियोमा बिक्रम बुढाथोकी ,शिल्पा पाेखरेल र प्रमिता राजघतानीकाे अभिनय देख्न सकिन्छ ।

 

Leave a Reply