पोखराको फेवातालमा यही असार ८ र ९ गते ड्रागन बोट रेस फेस्टिभल

२ असार २०८०, शनिबार
पोखरामा पहिलो पटक हुन लागेको नेपाल–चीन फ्रेन्डसिप ड्रागन बोट रेस फेस्टिभलको तयारी अन्तिम चरणमा पुगेको छ ।
पोखराको फेवातालमा यही असार ८ र ९ गते ड्रागन बोट रेस फेस्टिभल गर्न लागिएको हो । यसले पोखरामा चिनियाँ पर्यटक आगमन वृद्धि सहित नेपाल चीनबिचको सम्बन्ध थप सुमधुर बनाउन सहयोग पुग्ने विश्वास लिइएको छ ।
पोखरा महानगरपालिका, नेपालस्थित चिनियाँ दूतावास र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा उक्ता प्रतियोगिता आयोजना गर्न लागिएको हो ।
नेपाल–चाइना ड्रागन बोट रेस फेस्टिभलमा चीनको लिङजी नगरबाट नगर उपप्रमुख सहित ६० जनाको टोली विमान चार्टर गरेर पोखरा आउने तयारी गरिरहेको छ ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हुन लागेको यो पहिलो अन्तर्राष्ट्रिय उडान हो । यस फेस्टिभलमा नेपालका सातै वटा प्रदेश र चिनियाँ समेत गरी १ सय २० जना प्रतियोगी सहभागी हुनेछ ।

Leave a Reply