नेपाली काङ्ग्रेस गण्डकी प्रदेश भातृसंघ समन्वय बिभागको पहिलो बैठक सम्पन्न

२१ असार २०८०, बिहीबार

नेपाली काङ्ग्रेस भातृसंघ समन्वय बिभाग ,गण्डकी प्रदेशको ” बिभागिय बैठक पदभार ग्रहण लगतै पहिलो बैठक समपन्न भएको छ , पार्टी र भातृ संस्थाहरु बिच समन्वय गर्ने र बिधानले तोके बमोजिम काङ्ग्रेस भातृसंस्थाहरुलाइ परिचालन र नियमन गर्ने बैधानिक अधिकार रहेको बिभागलाई शसक्त बनाउने निर्णय भएको छ। नेपाली काङ्ग्रेस गण्डकी प्रदेश कार्यसमितिका सदस्य अजित क्षेत्री अध्यक्ष रहेको उक्त बिभागमा सदस्य सचिव सुबास पौडेल सहित २५ जना सदस्यहरु रहेका छन।

 

उक्त बैठक पहिलो भएको र बैठक बाट चार वटा महत्त्वपूर्ण निर्णयहरु भएको सचीव पौडेलले जानकारी दिएका छन। बैठकमा भएका निर्णयहरुमा भातृसंस्थाहरुको बर्तमान सागंठनिक स्थिति ,गतिविधि ,तथ्यांक नेपाली काङ्ग्रेसको जिल्ला कार्यसमितिहरु संङ्ग समन्वय गर्दै संकलन गर्ने , नेपाली काङ्ग्रेस गण्डकी प्रदेससंङ्गको समन्वयमा प्रदेश स्तरीय 14 ओटै भातृसंस्था निर्माणका लागि समबन्धित संस्थाहरु संङ्ग पहल गर्ने , भातृसंस्थाहरुलाइ बार्षिक कार्ययोजना र कार्यसम्पादन प्रतिबेदन माग गरि राम्रो कार्यसम्पादन हुने भात्री संस्थाहरुलाइ प्रोत्साहन गर्ने र क्रीयासिलहरुलाइ पुरस्कृत गर्न कार्यबिधी बारे नेपाली काङ्ग्रेस गण्डकी प्रदेश कार्यसमितीसंङ्ग छ्लफल र सुझाव लिने , गण्डकी प्रदेशबाट भातृसंस्थाको केन्द्रिय समितिमा मनोनीतहरुलाइ बधाइ र जिम्मेवारी बोध गराउने कार्यक्रम गर्ने , काङ्ग्रेसको अनलाइन साधारण सदस्यता अभियान सफल बनाउन भातृसंस्थाहरु परिचालन गर्ने लगाएतको महत्वपूर्ण निर्णयहरु भएका छन। उक्त बैठक अजित क्षेत्रीको अध्यक्षतामा नेपाली काङ्ग्रेस गण्डकी प्रदेशको कार्यलयमा बसेको थियो।

Leave a Reply