पोखराकी प्रीया गुरुङको “मनको भारी” सार्वजनिक

१८ भाद्र २०८०, सोमबार

पोखरा । पोखराकी गायिका प्रीया गुरुङको मनको भारी सार्वजनिक भएको छ । शनिबार यजम्रो इन्टरटेन्मेन्ट युटुबमार्फत उनको गीत सार्वजनिक भएको हो । ज्योती गुरुङको शब्दलाई अमित गुरुङले संगीत भरेका छन् । संगीत संयोजन समेत अमितकै हो । उक्त गीतको म्युजिक भिडियोमा प्रीयाको अभिनय रहेको छ । पोखराको लेकसाइड एरियामा छायाँकन गरिएको म्युजिक भिडियोलाई सन्देश गुरुङले खिचेका हुन् । कमल बहादुर गुरुङको निर्देशन र सिनेमेटोग्राफी रहेको म्युजिक भिडियोबाट प्रीया आशावादी छिन् । म्युजिक भिडियोलाई टेकमान गुरुङले सम्पादन गरेका हुन् ।
यसअघि गुरुङ गीतमा आवाज दिएकी प्रीया पछिल्लो समय सांगीतिक क्रियाकलापमा सक्रिय छिन् । बिग आइकन र भ्वाइस अफ नेपाल जस्तो रियालिटी शोमा समेत सहभागिता जनाएकी उनी पोखराको ओपन “सी” ब्याण्डमा आबद्ध छिन् । संगीतलाई नै मुख्य पेशा बनाएर नै हिँडेकी छिन् । पोखरा लगायतका आसपासका जिल्लामा भएका सांगीतिक कार्यक्रममा प्रस्तुति राख्न पुग्ने गर्छिन् । संगीतमा नै लागेर प्रीयाले हङकङको यात्रा गरिसकेकी छिन् ।
लेकसाइडको अन्नपूर्ण गार्डन रेष्टुरेण्टमा नियमित रुपमा उनको आवाज सुन्न पाइन्छ ।

Leave a Reply