संक्रामक तथा सरुवा रोग अस्पताल पोखरालाई सर्पदंश उपचार केन्द्र संचालनका लागि अनुमती प्रदान

१९ भाद्र २०८०, मंगलवार

 

पोखरा । संक्रामक तथा सरुवा रोग अस्पताल पोखरालाई सर्पदंश उपचार केन्द्र संचालनका लागि   अनुमती प्रदान गरिएको  छ ।   स्वास्थ्य मन्त्रालय अन्तरगतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको गएको साउन २९ गतेको निर्णयानुसार सर्पदंश उपचार केन्द्र संचालनका लागि अनुमती प्रदान गरिएको हो ।

संक्रामक तथा सरुवा रोग  अस्पतालका निर्देशक विकास गौचनले अस्पतालले माग गरे अनुसार नै सर्पदंशको उपचारका लागि संघीय सरकारबाट अनुमती प्राप्त भएको जानकारी दिए ।

 

 

 

Leave a Reply