गण्डकी प्रदेश सरकारले  भुकम्प प्रभावितहरुलाई १ करोड रुपैयाँ सहयोग गर्ने 

१९ कार्तिक २०८०, आईतवार
गण्डकी प्रदेशले जाजरकोट केन्द्रबिन्दु भएर गएको भुकम्प प्रभावितहरुलाई सहयोग गर्न कर्णाली प्रदेश सरकारलाई १ करोड रुपैयाँ उपलब्ध गराउने भएको छ ।
आईतवार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले भुकम्प पीडितको खोज, उद्धार तथा राहत प्रयोजनकालागि गण्डकी प्रदेश सरकारको तर्फबाट कर्णाली प्रदेश सरकारलाई एक करोड सहयोग गर्ने निणर्य गरेको हो ।
‘भुकम्पले कर्णाली प्रदेशमा ठुलो मानवीय र भौतिक क्षति भयो, एउटा प्रदेशका नागरिकलाई विपद् पर्दा अर्कोले सहयोग गर्नुपर्छ भनेर हामीले एक करोड दिने निर्णय गरेका हौँ’ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भन्नुभयो ।
शुक्रवार राती भुकम्प गएको र शनिवार बिहानै भुकम्प प्रभावितको उद्धार र उपचारका लागि प्रदेश सरकारले औषधी सहित विषेशज्ञ चिकित्सकको टोली पठाएको थियो । साथै मन्त्रिपरिषद् बैठकले भुकम्पका कारणले मृत्यू हुने कर्णालीवासी नागरिक प्रति हार्दिक श्रद्धान्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदन र घाईतेको सिघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ ।

Leave a Reply