रुपा गाउँपालिकामा लैङ्गिक हिंसा बिरुद्धकाे सचेतनामुलक कार्यक्रम

२१ मंसिर २०८०, बिहीबार

 

पाेखरा।कास्कीको रुपा गाउँपालिकामा लैङ्गीक हिंसा बिरुद्धकाे १६ दिने अभियानकाे सन्दर्भ पारेर सामाजिक विकास कार्यलय कास्कीले बुधबार सचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रमकाे उद्घाटन गर्दै रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले   लैङ्गिक हिंसा न्युनिकरण  गर्न संविधानमा उल्लेख गरिएका मौलिक हकको व्यावहारिक कार्यान्वयन गर्नुपर्नेमा जाेड दिनुभयो । उहाँले  महिलाहरु आर्थिकरुपले कमजोर हुंदा बढी हिंसा  हुने गरेको उल्लेख गर्दै महिलाको आर्थिक शसक्तिकरणमा जाेड दिनुपर्ने बताउनुभयो ।  लैङ्गीक हिंसा बिरुद्धकाे अभियान १६ दिन मात्र नभै सधैं मनाउनुपर्नेमा  उहाँले   जाेड दिनुभयो ।  ।

 

गाउँपालिकाका उपाध्यक्ष लालसुव्वा गुरुङले लैङ्गीक हिंसा बिरुद्धकाे अभियानकाे सुरुवात घरवाटै सुरु गर्नुपर्ने बताउनुभयो ।   लैङ्गिक हिंसाले मुलुकको समग्र विकासमा अवरोध सृजना गर्ने जनाउदै उहाँले लैङ्गिक हिंसा न्युनिकरणकाे सवालमा सबै सराेकारवालाहरु एकजुट भएर लाग्नुपर्नेमा जाेड दिनुभयो ।

 

शिक्षा विकास निर्देशनालय गण्डकीका निमित्त महानिर्देशक अम्बिका प्रसाद आचार्यले अभियानकाे समयमा नारा घाेकाएर मात्रै हिंसा नराेकिने बताउदै उहाँले लैङ्गिक हिसां कमी गर्न पुरुषहरु नै सचेत हुनु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रमलाई नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य अधिबक्ता सरिता तिम्सिना पगेनी गैसस महासंघ कास्कीका अध्यक्ष डा बुद्धि बहादुर थापा र सगाेल नेपालका बिमला केसीले सहजिकरण गर्नुभएको थियाे।

 

सामाजिक बिकास कार्यलय कास्कीका प्रमुख ईन्द्र बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत रुपा गाउँपालिका सामाजिक विकास शाखा प्रमुख बृहस्पति अधिकारीले गर्नुभएको थियाे ।

कार्यक्रमकाे संचालन सामाजिक बिकास कार्यलय कास्कीका अधिकृत ज्ञानेश्वर सुवेदीले गर्नुभएको थियाे।

 

कार्यक्रममा रुपा गाउँपालिकाका ४० जनाको सहभागीता रहेको थियाे।

नेपालमा ‘लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता, महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता’ भन्ने मूल नारासहित आउँदो २४ गतेसम्म लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान  शुरु भएको छ ।संयुक्त राष्ट्र सङ्घको महासभाले हरेक वर्ष नोभेम्बर २५ तारिखलाई महिला हिंसा निर्मूलसम्बन्धी अन्तर्राष्ट्रिय दिवसका रूपमा विश्वभर मनाउने निर्णय गरेबमोजिम नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर कार्यक्रम हुँदैछन् ।

 

 

 

 

 

 

 

 

Leave a Reply