दलित समुदायका महिलाको लागि नेतृत्व विकास कार्यक्रम

२६ मंसिर २०८०, मंगलवार

 

 

पाेखरा। सामाजिक विकास कार्यलय कास्कीले दलित समुदायका महिलाको लागि आयोजना गरेको दुई दिने नेतृत्व विकास कार्यक्रम साेमवार सम्पन्न भएको छ।

 

समापन समारोहमा बाेल्दै गण्डकी प्रदेश सभा सदस्य नन्दकली दमै नेपालीले दलित समुदायका महिलाले संविधानले दिएको हक अधिकारकाे व्यवहारिक कार्यन्वयनका लागि एकजुट भएर लाग्नुपर्ने बताउनुभयो ।उहाँले अझै पनि समाजमा जातिको छुवाछूत कायमै रहनु दुखद विषय भएको उल्लेख गर्दै जातिय विभेद अन्त्यका लागि समुदाय स्तरमै जनचेतना जगाउनुपर्नेमा जाेड दिनुभयो ।

सामाजिक बिकास कार्यलय कास्कीका प्रमुख ईन्द्र बहादुर थापाले संविधानकाे धारा ४० मा दलितको हक सम्वन्धि व्यवस्था गरिएको जानकारी दिदै समुदायमा नेतृत्व लिनका लागि दलित समुदायका महिला अग्रसर हुनुपर्नेमा जाेड दिनुभयो ।

वडा तह देखि नै दलित समुदायका महिलाको नेतृत्व विकास गर्ने उदेश्यले कार्यक्रमकाे आयोजना गरिएको उहाँको भनाइ थियाे। दलित समुदायकाे हक हितका कार्यक्रमहरुलाई सामाजिक विकास कार्यलयले प्राथमिकतामा राखेर कार्य गरेको उहाँले बताउनुभयो ।

 

अधिबक्ता गिता लामिछानेले दलित समुदाय परम्परागत ज्ञान र सीपका खानी भएकोले आफ्नो सीपलाई व्यवसायीकरण गर्दै अघि बढ्नुपर्नेमा जाेड दिनुभयो ।दलित समुदायका सवाल दलितका मात्रै नभै सबैको साझा सवाल भएको उहाँको भनाइ थियाे।

सहभागीका तर्फबाट पाेखरा महानगरपालिकाका कार्यपालिका सदस्य तथा पाेखरा ५ का वडा सदस्य हरिमाया  िवश्वकर्माले तालिम धेरै उपलब्धिमुलक रहेको उल्लेख गर्दै तालिमवाट सिकेका कुरा व्यहारमा उतार्ने बताउनुभयो ।

तालिमलाई अधिबक्ता गीता लामिछाने,फेडाेका कार्यक्रम संयाेजक ईश्वरी विक,अधिकारकर्मी , तालिम परामर्शकर्ता तथा प्रशिक्षक भक्तराज रसाइलीले सहजिकरण गर्नुभएको थियाे।

सामाजिक बिकास कार्यलय कास्कीका प्रमुख ईन्द्र बहादुर थापाकाे अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई सामाजिक बिकास कार्यलय कास्कीका अधिकृत ज्ञानेन्द्र सुवेदीले संचालन गर्नुभएको थियाे।

कार्यक्रममा कास्कीका विभिन्न वडाका २० जना दलित अगुवा महिलाको सहभागीता रहेको थियाे।

 

 

 

Leave a Reply