रुपा गाउँपालिकामा  कानुनी सचेतना कार्यक्रम

१३ पुष २०८०, शुक्रबार

 

 

पाेखरा।कास्कीको रुपा गाउँपालिका -६ रुपाकाेटमा  रुपाकाेट पाेखरा सम्पर्क मन्चकाे आयोजनामा विद्यार्थी ,अभिभावक र शिक्षकका लागि  कानुनी सचेतना कार्यक्रम शुक्रबार सम्पन्न भएको छ।

कार्यक्रमकाे उद्घाटन गर्दै जिल्ला प्रशासन कार्यलय कास्कीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले समाजमा अपराध भईसकेपछि कारवाहि गर्नुभन्दा अपराध नै हुन नदिनका लागि सबै नागरिक सचेत हुनुपर्ने बताउनुभयाे। समाजमा पछिल्लो समय लागू औंषध दुर्व्यसनीका घटना बढ्दै गएको प्रति चिन्ता व्यक्त गर्दै उहाँले लागु औषधवाट व्यक्ति र परिवार मात्रै नभै सिंगाे समाज नै प्रभावित हुने बताउनुभयो ।

सामाजिक संजालकाे सहि सदुपयोग नहुँदा समाजमा शान्ति ,सुरक्षा कायम राख्न चुनाैती थपिएको उल्लेख गर्दै उहाँले भन्नुभयाे ” फेसबुकमा लेखेको सानाे सुचनाकाे कारणले व्यक्तिको जीवन नै तहसनहस हुने गरेको छ। व्यक्तिकाे गाेपनियताकाे हकको समेत ख्याल नगरी जथाभावी सामाजिक संजालमा लेख्नेलाई कानुनी दायरामा ल्याउन पर्छ, उहाँले भन्नुभयो ,”जेल जानू भनेको अपराधी दण्डित हुनु हाे ,पीडितले न्याय पाउनु हाेईन।”

राज्यले महिलाको हक अधिकारलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै समाजमा विद्यमान लैङ्गीक बिभेदकाे अन्त्यका लागि सबैले आवाज उठाउनु पर्नेमा जाेड दिनुभयो ।

कुनै कर्माचारीले काम नगरेको खण्डमा किन काम हुन सकेन भन्ने जवाफ सेवाग्राहीले माग्नुपर्नेमा जाेड दिदै प्रमुख जिल्ला अधिकारी घिमिरेले सेवा प्रदायक निकायकाे सेवा प्रवाहमा चित्त नबुझे जिल्ला प्रशासन कार्यलयमा जानकारी गराउनु आग्रह गर्नुभयो ।

 

जिल्ला प्रहरी कार्यलय कास्कीका प्रमुख प्रहरी उपरीक्षक माेहन कुमार थापाले समाजमा शान्ति कायम गर्न प्रहरी २४ सै घण्टा खटिएको बताउनुभयो ।विद्यार्थी र अभिभावकलाई संगै राखेर गरिएको कार्यक्रम थप प्रभावकारी भएको उहाँको भनाइ थियो ।

कार्यक्रममा प्रहरी बरिस्ठ नायब निरिक्षक हाेत बहादुर राेकाहाले लागु औषध,मानव बेचबिखन ,घरेलुु हिंसा ,मादक पदार्थ सेवन,साईवर अपराध ,बाल विवाह लगायतका विषयमा सहजिकरण गर्नुभएको थियाे।

रुपाकाेट पाेखरा सम्पर्क मन्चका अध्यक्ष अधिबक्ता सरिता तिम्सिना पगेनीकाे अध्यक्षतामा भएको कार्यक्रममा  चन्द्र प्रभा मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सवावक्स मियाँ, रुपाकाेट पाेखरा सम्पर्क मन्चका सल्लाहकार क्याप्टेन कृष्ण थापा लगायतले बाेल्नुभएकाे थियाे।

चन्द्र प्रभा माविका शिक्षक माेहम्मद माेहसिन मियाँले संचालन गर्नुभएको कार्यक्रममा रुपाकाेट पाेखरा सम्पर्क मन्चका उपाध्यक्ष शेर अलि मियाँले स्वागत मन्तव्य ब्यक्त गर्नुभएको थियाे।

कार्यक्रममा चन्द्र प्रभा माविका बिद्यार्थी ,अभिभावक र शिक्षकहरुकाे सहभागीता रहेको थियाे।

 

 

Leave a Reply