युवाहरूका लागि न्यायमा पहुँच विषयक अनुशिक्षण कार्यक्रम

0
130

 

पाेखरा ।वमन फन्ड एसियाकाे सहयाेग एवम् हिमाल कलेज अफ म्यानेजमेन्टकाे समन्वय तथा नेपाल वार एशाेसियसनका केन्द्रीय सदस्य अधिवक्ता विनिता नेपालीकाे आयोजनामा युवाहरूका लागि  न्यायमा पहुँच  विषयक एक दिने अनुशिक्षण कार्यक्रम आइतवार पाेखरामा सम्पन्न भएकाे छ।

 

कार्यक्रमकाे उद्घाटन गर्दै गण्डकी प्रदेश सभा सदस्य कल्पना तिवारीले पीडितले न्याय पाएकाे अनुभुती गर्ने गरी न्याय सम्पादन गर्नुपर्नेमा जाेड दिनुभयो । उहाँले  सबैकाे न्यायमा पहुँचका लागि राज्यले गरेको व्यवस्थाकाे व्यवहारिक कार्यन्वयनका लागि सबै सचेत हुनुपर्नेमा जाेड दिनुभयो ।

 

संबिधानले माैलिक हकका रुपमा व्यवस्था गरेको लैङ्गीक भेदभाव विनाकाे समान बंशीय हक ,सुरक्षित मातृत्व र प्रजनन स्वास्थ सम्वन्धि हक लगायत राज्यका सबै निकायमा समानुपातिक समाबेशी सिद्धान्तकाे आधारमा सहभागी हुने हकलाई व्यवहारिक कार्यन्वयनका लागि सबै सचेत हुनुपर्ने उहाँको भनाइ थियाे।  ।

वेराेजगारी समस्याले बढाएको युवा पलायनलाई राेक्न तीनै तहका सरकारले युवा लक्षित कार्यक्रमहरु ल्याउनु पर्ने बताउर्दै  युवाकाे सृजनशिलता र जाेश जाँगर लाई कृषि ,जलश्राेत र पर्यटनका क्षेत्रमा लगानी गर्न सके स्वदेशमै  राेजगारी सृजना गर्न सकिने उहाँको भनाइ थियाे।

कार्यक्रममा  उदेश्य माथि प्रकाश पार्दै  नेपाल वार एशाेसियसनका केन्द्रीय सदस्य अधिवक्ता विनिता नेपालीले   न्यायलयमा अझै पनि महिला र युवतीकाे राज्यले व्यवस्था गरेका न्यायिक सुविधाकाे  सहज पहुँच पुग्न नसकेकोले वास्तविक पीडितहरु, महिला र युवतीकाे  न्यायमा सहज पहुँच पुर्याउने उदेश्यले कार्यक्रमकाे आयोजना गरिएको बताउनुभयो ।

महिला लक्षित कार्यक्रमहरु प्रस्सत हुदै आएता पनि लक्षित वर्ग,समुदाय र पिडितमुखी हुन नसकेको  बताउर्दै  उहाँले न्यायलय न्याय प्रदान गर्ने एक मात्र निकाय रहेकोमा स्वतन्त्र र निष्पक्ष  न्याय सम्पादन गर्नुपर्नेमा जाेड दिनुभयो ।

कार्यक्रममा नेपाल वार काउन्सिलका पार्सद सदस्य बरिस्ठ अधिबक्ता मुकुन्द अर्याल ,उच्च अदालत बार एशाेसियसनका अध्यक्ष विष्णु मरासिनी ,नेपाली काँग्रेस गण्डकीका सह महामन्त्री काेपिला रानाभाट ,हिमाल कलेज अफ म्यानेजमेन्टका क्याम्पस प्रमुख जनक पाैडेल लगायतले शुभकामना मन्तव्य ब्यक्त गर्नुभएको थियाेे।

 

कार्यक्रमलाई  नेपाल वार एशाेसियसनका केन्द्रीय सदस्य अधिवक्ता विनिता नेपाली, डिएलए कास्कीका सचिव अधिवक्ता कृष्ण कुमारी गुरुङ र नेपाल पत्रकार महासंघ कानुन बिभाग प्रमुख अधिवक्ता सरिता तिम्सिना पगेनीले सहजिकरण गर्नुभएको थियाे।

 

 

कार्यक्रमका सहभागी हिमाल कलेज अफ म्यानेजमेन्टका कृष्टिना पुनले पहिलोपटक न्यायमा पहुँच सम्वन्धि कार्यक्रममा सहभागी भएको र कानुन सम्वन्धि धेरै कुराहरू सिक्ने अवसर मिलेको अनुभव सुनाउनुभएको थियाे।

 

कार्यक्रममा  पृथ्वीनारायण क्याम्पस कानुन संकायमा अध्ययनरत विद्यार्थीका साथै हिमाल कलेज अफ म्यानेजमेन्ट र रामेश्वरी उच्च माविका ५० जना युवाहरूकाे सहभागीता रहेको थियाे।