ईलाका प्रहरी कार्यालय शिसुवा कास्कीमा ३ कोठे पक्की भवन निर्माण

२१ माघ २०८०, आईतवार

 

 

कास्की ।  ईलाका प्रहरी कार्यालय हंशपुर मुकाम शिसुवा डाँडाकोनाक कास्कीको हाता भित्र ३ कोठे पक्की भवन निर्माण कार्य सम्पन्न भएको छ ।

 

भवनको आइतबार  जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक मोहन कुमार थापा र पोखरा महानगरपालिका वडा नं. २६ का वडा अध्यक्ष नरेन थापाबाट संयुक्त रुपमा समुद्‍घाटन गरिएको छ ।

 

ईलाका प्रहरी कार्यालय शिसुवाको कार्यालय भवन सानो रहेको र प्रहरी कार्यमा असहज भई रहेको अवस्थामा पोखरा महानगरपालिका वडा नं.२६ को आ.व. २०७९/०८० को बिनियोजित बजेटबाट आर्थिक सहयोग तथा प्रहरी कार्यालयको श्रम योगदान सहित ३ कोठे पक्की भवन निर्माण कार्य सम्पन्न गरिएको हाे ।

कार्यक्रममा बोल्दै प्रहरी उपरीक्षक मोहन कुमार थापाले स्थानिय नागरिक र प्रहरीको सहयोगबाट समाजमा शान्ति सुरक्षा कायम गर्न र अपराध रोकथाम तथा न्यूनिकरण गर्न यस्ता कार्यबाट उत्प्रेरित हुने र यसबाट प्रहरी कामकारवाहीमा सहजता हुने बताउनुभयो ।

 

कार्यक्रममा विभिन्न वडाका वडाअध्यक्ष, लेखनाथ उद्योग वाणिज्यसंघका अध्यक्ष, सामुदायिक सेवा केन्द्रका पदाधिकारी, पुर्व प्रहरी कर्मचारीहरु, निर्माण समितिका पदाधिकारीहरु, स्थानीय भद्रभलाद्मी, बुद्दीजिवी, समाजसेवी तथा विभिन्न संघ संस्थाका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

 

Leave a Reply