भुकम्प पिडितलाई  चिसो मौसमका लत्ता कपडा  हस्तान्तरण

२५ माघ २०८०, बिहीबार
पोखरा। गत कार्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु भई गएको भुकम्पमा परी घाईते भएकाहरुलाई राहत प्रदान गर्ने उद्देश्यले गण्डकी प्रदेश प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयबाट चिसो मौसमका लत्ता कपडा संकलन गरी राहतको लागि समन्वयात्मक संस्था हातेमालो अभियान नेपाल, कास्कीलाई हस्तान्तरण गरीएको छ ।
गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यबस्थापन कार्यालय कास्की, जिल्ला प्रहरी कार्यालय कास्की र सामुदायिक सेवा तथा सामुदायिक प्रहरी सेवा केन्द्र, पृथ्विचोक पोखराको सहकार्यमा संकलन गरिएको उक्त राहत लत्ता कपडा गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बिकासराज खनालले  हातेमालो अभियान नेपाल कास्की अध्यक्ष, आत्म ज्ञान प्रचार संघका सदस्य एबम सामाजिक अभियानता डा लक्ष्मी पन्थी लाई एक कार्यक्रमका बिच हस्तान्तरण गर्नुभएको हो । उक्त हस्तान्तरण कार्यक्रममा बोल्दै प्रहरी नायव महनिरीक्षक खनालले नेपाल प्रहरी विपद् उद्दारमा मात्र नभई सहकार्य र सहयोगमा समेत अग्रस्थानमा रहेको बताउनु भएको थियो ।
कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघ गण्डकी प्रदेश अध्यक्ष कमला खनालको समेत उपस्थिती रहेको थियो ।

Leave a Reply