कास्कीका एसपी मोहनकुमार थापा पुरस्कृत

५ फाल्गुन २०८०, शनिबार

 

कास्की । जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रहरी उपरीक्षक (एसपी) मोहनकुमार थापा गण्डकी प्रदेशको उत्कृष्ट प्रहरी घोषित भएका छन् ।

गण्डकी प्रदेश सरकारले सरकारको छैटौं स्थापना दिवसको अवसरमा एसपी थापालाई उत्कृष्ट प्रहरी कर्मचारी घोषित गर्दै पुरस्कृत गरेको हो ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले एसपी थापालाई प्रशंसा पत्र र नगद २५ हजार प्रदान गरेका हुन् ।

कास्कीको शान्ति सुरक्षा थप मजबुद बनाउन र अपराध अनुसन्धानमा सफलता हासिल गर्न एसपी थापाको योगदान महत्त्वपूर्ण रहेको भन्दै पुरस्कृत गरिएको बताइएको छ ।

एसपी थापाले ५ महिनादेखि कास्की प्रहरी प्रमुखको जिम्मेवारी सम्हालिरहेका छन् । उनी संगठनमा इमान्दार र कर्तव्यनिष्ठ प्रहरी अधिकृतको रुपमा चिनिन्छन् ।

 

Leave a Reply