महिला अधिकार र स्वतन्त्रताको समीक्षा गर्ने समय आएको छ

२३ फाल्गुन २०८०, बुधबार

 

काठमाण्डौ । महिला स्वतन्त्रता र अधिकारको क्रममा हामी कहाँ पुग्यौ त्यसको समिक्षा गर्नुपर्ने समय आएको एक कार्यक्रमका वक्ताहरूले बताए । ११४ औं महिला दिवस मार्च – ८को पूर्व सन्ध्यामा नेपाल पत्रकार महासङ्घ केन्द्रीय कार्यसमिति महिला समिति तथा न्यूनतम पारिश्रमिक निर्धारण समितिको सहकार्यमा मंगलबार आयोजना गरिएको लैङ्गिकताको सवालमा नेपाली मिडिया विषयक अन्तक्रिया कार्यक्रममा बोल्दै वक्ताहरुले यस्तो बताएका छन् ।

संचारमाध्यमको अवधारणालाई सामाजिकरण गरेर लग्नुपर्ने नेपाल पत्रकार महासंघको अध्यक्ष विपुल पोख्रेलको भनाई रहेको छ। समाजलाई सन्तुलित विकासतर्फ लग्न लैङ्गिकताको सवाललाई अझ पेचिलो ढंगले उठाउनु पर्ने उनले बताए । हामीले भोगिरहेका समस्याबारे छलफल गरेर निति निर्माण सहितका समाधानका उपाय अवलम्बन गरेर अघि बढ्नुपर्छ । महिलाले प्रतिनिधित्वसँगसँगै नेतृत्व गर्न सक्नुपर्छ न्युनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष संगिता खड्काले बताइन । सम्पादकिय लेवलमा महिला पत्रकारको पहुँच कम छ । तथ्याङकमा समावेशी देखिए पनि क्षमता विकासको अभाव , आर्थिक , भौतिक असुरक्षाले फिल्डमा महिला पत्रकार न्युन रहेको महासंघका सल्लाहकार तथा अन्तकृया कार्यक्रमका प्रमुख अतिथि निर्मला शर्माले बताइन ।

हिमालय टाइम्सका सम्पादक तथा अग्रज पत्रकार पुरूषोत्तम दाहाल भन्छन – पत्रकारितामा २० प्रतिशत महिला पत्रकार हुनु गौरवको विषय हो । यस जमातले देशको हरेक क्षेत्रमा ५० प्रतिशत महिला सहभागिता सुनिश्चित गर्न पहल गर्नुपर्छ । पछिल्लो समयमा संचार गृहमा समस्यै समस्या छ । देशमा निति , उद्योग,उत्पादन छैन । यसप्रति पूर्णत सरकार जिम्मेवार हुनुपर्छ तर छैन यो अवस्थामा महिला र पुरुष भन्दै हिंडेर सार्थक छैन। नेपाली मिडियाको सम्बोधनले हिंसा गरेको देखिन्छ यो परिमार्जन गर्नुपर्छ । थोरै संख्यामा रहेका महिला पत्रकारलाई महिला भएकै कारण मिडिया हाउसमा विभेद , पारिश्रमिकमा विभेद ‘ असुरक्षाको सवाल , आर्थिक समस्या जस्ता विषयमा बहस गर्नैपर्ने नविन सन्देशका सम्पादक कल्पना शर्माले बताइन ।

कोरोनाको वेला कामबाट विस्थापित महिला पत्रकारहरुको खोजी गरेर महासंघ नेतृत्वले काम गर्दै जानुपर्छ  उनले सुझाइन । प्रविधिको सुविधा थिएन । फिल्डमा सामाजिक पारिवारिक असुरक्षा थियो । समाचारको लागि हिडेको हिड्यै हुने भएकै कारण महिलालाई विवाह हुने चिन्ता थियो । नैतिकता भएर काम गरेको पारिश्रमिक समयमै दिन्थ्यो । जुन अहिले दिंदैन । तर घरबाट हिड्न गाह्रो रहेको भन्दै अग्रज महिला पत्रकार उषा लोहनी कार्यक्रममा आफ्नो अनुभूति राखेका थिए । पछिल्लो समय नेपाली मिडियामा लैङ्गिकताको सवाल र संवेदनशीलताको विषयप्रति गम्भीर हुँदै नेपाल प्रेस युनियनका उपाध्यक्ष नकुल अर्याल, प्रेस चौतारीका उपाध्यक्ष देवीका मगर गुरुङग ,प्रेस सेन्टरका उपाध्यक्ष गंगा बराल , महासचिव सन्तोष पौडेल सञ्चारिका समूहकी अध्यक्ष बिमला तुम्खेवा आम संचार प्राधिकरण मधेश प्रदेशका सदस्य प्रतिमा चौधरी क्रियाशील महिला पत्रकार समूहका महासचिव चन्दा बिष्ट, नेपाल अमेरिका पत्रकार सङ्घ नेजाका पूर्व अध्यक्ष गौतम दाहाल ,लोकतान्त्रिक छापा माध्यमका अध्यक्ष दामोदर दवाडी , एनभिआई न्युजका हेमन्त अधिकारी लगायतले आफनो धारणा राखेका थिए ।

अन्तकृयामा महासंघकी उपाध्यक्ष एवम महिला समिति संयोजकवाला अधिकारीको अध्यक्षता कार्यक्रम सम्पन्न भएको थियो । उक्त कार्यक्रममा न्यूनतम पारिश्रमिक निर्धारण समितिका बोर्ड सदस्य आस्था केसीले धन्यवाद ज्ञापन गरेकी थिइन् भने सहजीकरण महासंघकी सचिव सृजना अर्यालले गरिन ।

Leave a Reply