सामाजिक सेवा गरेर जन्मदिन मनाईन सामाजिक अभियान्ता डा लक्ष्मी पन्थीले

३ बैशाख २०८१, सोमबार

 

 

पाेखरा।डाक्टर लक्ष्मी पन्थी सामाजिक सेवाका क्षेत्रमा र स्वास्थ्यका क्षेत्रमा नयाँ नाम हाेईन। उनै डाक्टर पन्थीले  आफ्नो जन्म दिन मानव सेवा आश्रम र ॐ शिव शक्ति कल्याणी केन्द्र पाेखरा -१९ कल्याणी बाल आश्रमका बालबालिकालाई सहयोग गरेर मनाएकी छन।

 

उनले  बैसाख १ गते पोखरा मानव सेवा आश्रम पाेखरामा रहेका महिलाहरुकाे निशुल्क स्वास्थ जाँचका साथै निशुल्क औषधी वितरण  र    फलफूल वितरण गरेकी थिईन।साे अवसरमा   शान्ति संदेश भिडियो प्रदर्शन समेत गरिएको थियाे।

बैसाख २ गते   ॐ शिव शक्ति कल्याणी केन्द्र पाेखरा -१९ कल्याणी बाल आश्रमका बालबालिकालाई सहयोग गरेर मनाएकी छन।

 

साे अवसरमा  गण्डकी प्रदेश प्रहरी तालिम केन्द्रका डिएसपी कृष्ण कार्कीले मानवीय सेवा सबैभन्दा ठुलाे धर्म भएको उल्लेख गर्दै डाक्टर लक्ष्मीले गरेका मानविय सेवाकाे प्रशंसाा गर्नुभयो ।

 

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सरिता तिम्सिना पगेनीले  सेवाकाे काम फरक भावना भएकोले मात्रै गर्न सक्छन् भन्दै  सकरात्मक साेचका साथ काम गरे जीवनमा सफलता हासिल गर्न सकिने बताउनुभयो ।

 

कार्यक्रममा वाेल्दै आश्रमका ब्यवस्थापक भगवती खत्रीले दाताहरूको सहयोगले आश्रम संचालन भएको जानकारी दिनुभयाे।

 

आश्रम संचालन समितिका काेषाध्यक्ष कुमारी भवानी थापाले आश्रम धार्मिक एवम् सामाजिक संस्था भएको जानकारी दिनुभयो ।

 

 

 

साे अवसरमा   आश्रमका सम्पूर्ण कर्मचारी र बालबालिकाको स्वास्थ्य परिक्षण समेत गरिएको थियाे।

 

 

कार्यक्रममा अन्तर्राष्ट्रिय शान्ति वक्ता  प्रेम रावतको शान्ति संदेश भिडियो प्रदर्शन , मनोरञ्जनात्मक नाचगानका साथै खाना खुवाउने कार्यक्रम समेत गरिएको थियाे।

 

साे अवसरमा   आत्म ज्ञान प्रचार संघ सूचना केन्द्रका इन्चार्ज गोमा पन्थी(प्रतिक्षा ), सुबद्रा श्रेष्ठ , हातेमालो अभियानका पुष्पा थापा,आकृति, डा सौरभ अधिकारी, नर्स सरिता आचार्य, मुना खत्री, जगदीश्वर पन्थी र पवित्रा पन्थीको उपस्थिति रहेको   थियो।

 

 

Leave a Reply