साहित्यकार प्रकट पगेनी ‘शिव’ को निधन

४ बैशाख २०८१, मंगलवार

 

 

 

पाेखरा पाेखराका साहित्यकार प्रकट पंगेनी ‘शिव’ काे मंगलबार निधन भएकाे छ । मणिपाल अस्पतालमा उपचारकाे क्रममा  ७०  वर्षकाे उमेरमा उनकाे निधन भएकाे हाे ।

जण्डिस र निमाेनियाबाट गम्भीर बिरामी पंगेनी साेमबार अस्पताल भर्ना भएका थिए ।उनको मणिपाल अस्पतालमा मंगलबार दिउँसो निधन भएको हाे।

पगेनी कास्कीको रुपा गाउँपालिका ५ देउराली निवासी हुन्।उनका गीत र गजलका कृति प्रकाशित छन्।

बुधबार दिउँसाे १२ बजेपछि मणिपाल अस्पतालबाट शवयात्रा सुरू गरी  फुलबारी घाटमा उनकाे अन्त्येष्टि गरिने पारिवारिक स्राेतले बताएकाे छ ।

उनकाे परिवारमा श्रीमति, एक छाेरा र एक छाेरी छन्

Leave a Reply