एमाले पोखरा महानगरको अधिवेशनको तयारी पुरा

१७ जेष्ठ २०८१, बिहीबार

 

नेकपा  एमाले,पोखरा पोखरा महानगरपालीका कमिटीको दोस्रो नगर अधिवेशनको तयारी पुरा भएको छ । राज्य पुन संरचना संगै नेकपा ९एमाले०ले ७५३ स्थानीय तहमा नै पालिका कमीटी गठन गरेको थियो ।

नेकपा एमाले पोखरा महानगरपालीका कमिटीको दोस्रो
अधिवेशनको लागी वडा ,जनवर्गीय संगठनबाट आउने प्रतिनिधि चयन सम्पन्न भइसकेको छ ।११६ सदस्यीय आयोजक कमीटी ,४८ सदस्यीय सल्लाहकार समिती ,वडा कमीटी २९६,जनवर्गीय संघठनबाट ३७ गरी समेत गरी कुल ४९७ जना प्रतिनिधि रहनेछन ।
यहि जेष्ठ १९ र २० गते पोखरा सभागृहमा चल्ने अधिवेशनको उद्घाटन नेकपा एमालेका केन्द्रीय बरीस्ठ उपाध्यक्ष इश्वर पोखरेलले गर्ने कार्यक्रम तय भएको छ । त्यस पश्चात बन्द सत्रका कार्यक्रम समेत पोखरा सभागृहमा संचालन हुने छन ।
कमिटीले दोस्रो अधिवेशनको लोगो सार्वजनिक गरेको छ ।

पोखरा झल्किने लोगोमा नेकपा एमालेको पार्टीको झण्डा ,चुनाव चिन्ह ,माछापुच्छ्रे हिमालको दृश्य समावेश गरीएको छ ।
नेकपा एमाले पोखरा महानगर अधिवेशनबाट अध्यक्ष ,उपाध्यक्ष र सचिव १ र१ जना,उपसचिव २ जना सहित १०१ जना छनौट हुने नेकपा एमाले पोखरा महानगर कमिटीका अध्यक्ष दिलिप न्यौपानेले जानकारी गराए ।

Leave a Reply