पोखराका ११ स्थानमा विश्वकप फुटबल फाइनल प्रत्यक्ष देखाउने

0
15

पाेखरा । पोखरा महानगरपालिकाले विश्वकप फुटबलको फाइनल खेल    पोखराका ११ स्थानमा ठूलो एलईडी स्क्रिनमार्फत सामूहिक रूपमा हेर्ने व्यवस्था गर्ने भएको छ ।

जुलाई २० मा हुने अर्जेन्टिना र स्पेनबीचको विश्वकप फुटबल फाइनल पृथ्वीचोक, हल्लनचोकसहित पोखराका ११ स्थानमा प्रत्यक्ष प्रसारण गरिने पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले जानकारी गराएका छन् ।

मेयर आचार्यले पायक पर्ने ठाउँमा   सम्पूर्ण फुटबल प्रेमी दिदीबहिनी तथा दाजुभाइहरूलाई आफ्ना परिवार, साथीभाइसँग उपस्थित भई विश्व फुटबलको  ऐतिहासिक क्षण सँगै अनुभव गर्न आग्रह गरेका छन् । खेलप्रेम, उत्साह र सामाजिक एकतालाई प्रवर्द्धन गर्ने उद्देश्यले सार्वजनिक स्थानमा फाइनल खेलको प्रत्यक्ष प्रसारण गर्न लागिएको महानगरले जनाएको छ।

ठूलो पर्दाबाट खेल हेर्न मिल्ने ११ स्थानको विस्तृत सूची भने महानगरपालिकाले छिट्टै सार्वजनिक गर्ने मेयर आचार्यले बताएका छन् ।