पाेखरा । सिद्धार्थ गाैतम बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बिहिवार पाेखरामा ८ अाैं वार्षिक साधारणसभा सम्पन्न गरेको छ।
समापन समाराेहमा वाेल्दै कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ स्त्री तथा प्रसुति राेग विशेषज्ञ डाक्टर प्रेमराज पगेनीले देशकाे अार्थिक तथा सामाजिक अबस्थामा सुधार ल्याउन सहकारीले महत्त्वपूर्ण भुमिका खेल्ने बताउनु भयाे।
पछिल्लो समयमा सहकारी संघसंस्थाहरूले मुलुकमा आर्थिक समृद्धिका लागि ठुलो टेवा पु¥याएको उहाँको भनाइ थियो ।
संस्थाले समाजमा राम्रो भुमिका खेल्दै आएको उल्लेख गर्दै सहकारीले शेयर सदस्यहरुकाे सुखदुःखमा साथ दिदै अगाडि बढ्नुपर्ने उहाँको भनाइ थियोे ।
विश्वव्यापी महामारीको रुपमा रहेको काेभिड १९ काे संक्रमण जाेखिममा साधारणसभामा भिडभाड हुने भएकोले संस्थाले पुस २६ गते देखि पुस २९ गतेसम्म निर्णय पुस्तिका खुला राखि साधारणसभा संचालन गरेको संस्थाका अध्यक्ष खेम बहादुर गुरुङले जानकारी दिनुभयो ।
उहाँले संस्थाका सदस्यहरुलाई घरदैलोमा सेवा दिन अाफु लागि परेका उल्लेख गर्दै एटीएम कार्ड,माेवाईल बैकिङ्ग,ईन्टरनेट वैकिङ्गकाे सेवा ९० प्रतिशत कार्य सम्पन्न भएको जानकारी गराउनु भयाे।
साधारणसभाकाे समापन समारोहमा संस्थाको वार्षिक प्रगति प्रतिवेदन पारित भएको संस्थाका सचिव सरिता तिम्सिना पगेनीले जानकारी दिनुभयाे।
कार्यक्रममा संस्थाका शेयर सदस्यहरु मध्ये संस्थामा उच्चतम याेगदान गर्ने दिलिप कुमार न्याैपाने,मनमाया गुरुङ ,वविता गुरुङ युवराज गुरुङलाई सम्मान गरिएको थियाे।
त्यसैगरी संस्थाकाे उत्कृष्ट कर्मचारी तर्फ,संस्थाका लेखापाल लक्ष्मी गुरुङ र सुपरभाइजर स्वीटी गुरुङलाई सम्मान गरिएको थियाे।
संस्थाका अध्यक्ष खेम बहादुर गुरुङकाे अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक संरक्षक शिव प्रसाद पराजुली ,लेखापरीक्षक कृष्णराज ढुंगाना लगायतको शुभकामना मन्तब्य राख्नु भएको थियो ।
कार्यक्रममा स्वागत उपाध्यक्ष जगदीश गाैतमले गर्नु भएको थियाे भने संचालन प्रवन्धक विजयराज पगेनीले गर्नु भएको थियाे।