पाेखरा । प्रहरीले नेकपा प्रचण्ड–माधव समूहकी नेतृ रामकुमारी झाँक्रीलाई उनको निवासबाटै पक्राउ गरेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीबारे दिएको अभिव्यक्तिलाई लिएर महानगरीय अपराध महाशाखाको टोलीले झाँक्रीलाई पक्राउ गरेको हो ।
यसअघि महाशाखाले झाँक्रीलाई सोधपुछका लागि बोलाएको थियो, तर झाँक्रीले पक्राउ पूर्जीविना जान अस्वीकार गरेकी थिइन् । महाशाखाले राज्यविरुद्धको कसूरमा अनुसन्धान गर्न भनी झाँक्रीलाई पक्राउ पूर्जी पनि दिएको छ ।
गोरखामा आयोजित एक कार्यक्रममा राष्ट्रपतिबारे गरेको टिप्पणीलाई लिएर नेकपा ओली समूहसम्बद्ध अखिल नेपाल महिला संघले रामकुमारीलाई कारबाही गर्न माग गरेको थियो ।
झाँक्रीलाई पक्राउ गर्न महाशाखाका डीएसपी दुर्गाराज रेग्मीको नेतृत्वमा दर्जन बढी प्रहरी अधिकारीहरु उनको निवासमा पुगेका थिए ।
झाँक्रीलाई पक्राउ गर्ने खबर पाएसँगै अनेरास्ववियुका नेता कार्यकर्ताहरूले उनको निवासमा जम्मा भएर प्रदर्शन गरेका थिए। केन्द्रीय सदस्य फुर्वा तामाङका अनुसार अनेरास्ववियुले प्रहरी धरपकडको विरोधमा प्रदर्शन गरेपनि कानुनलाई मान्दै आफूले पक्राउ दिने भन्दै झाँकीले पक्राउ दिएकी थिइन्।