विद्यालयलाई निशुल्क सेनेटरी प्याड भेन्डिङ्ग मेसिन वितरण

0
590

पाेखरा। नेपालमा उत्पादन भएका जनशक्तिकाे कारणले नै संयुक्त रास्ट्रसंघ मातहतको विकास नीति सम्बन्धी समितिले नेपाललाई विकासशील मुलुकमा स्तरोन्नतिका लागि सिफारिस गरेकाे पाेखरा महानगरपालिकाका नगरप्रमुख मान बहादुर जि.सीले बताउनुभएकाे छ ।

साेमबार पाेखरा महानगरपालिका शिक्षा महाशाखा एवं राेज फाउन्डेसनकाे सहकार्यमा संचालित किशोरी स्वास्थ्यमा विद्यालय प्रधानाध्यापकज्युहरूकाे भुमिका सम्बन्धि एक दिने अन्तरकृया साथै निशुल्क सेनेटरी प्याड भेन्डिङ्ग मेसिन वितरण कार्यक्रममा यस्तो बताउनुएकाे हाे ।

नेपाल सरकारकाे चालु अाव २०७६/०७७ काे निति तथा कार्यक्रममा देशभरका सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूका लागि सेनिटरी प्याड निशुल्क उपलब्ध गराउने अनुरूप अनुदानकाे रकम पनि हस्तान्तरण भैसकेको उहाँले बताउनुभयाे।

महानगरप्रमुख जिसीले अनुदान स्वरूप प्राप्त रकमलाई व्यवस्थित गरि प्रविधिमा जाेडिनुपर्ने बताउनुभयो ।

पाेखरा महानगरपालिका शिक्षा महाशाखा प्रमुख हेम प्रसाद अाचार्यले किशोरीमा हुने महिनावारीसँग सम्बन्धित बिषयमा राेज फाउन्डेसनले सहजिकरण गरेकाे प्रति धन्यवाद ज्ञापन गर्नुभयो ।

महानगरद्वारा शिक्षाकाे क्षेत्र गुणस्तरीय सेवा प्रदान गर्न प्रतिबद्व रहेकाे उहाँले जानकारी दिनुभयो ।

कार्यक्रममा बाेल्दै नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष विमला भण्डारीले किशोरीहरूकाे संवेदनशिल बिषयप्रति राेज फाउन्डेसनले सक्रियका साथ लागि परेकाे बताउनुभयो ।

उहाँले सामाजिक उत्तरदायित्वका निम्ति महानगरसँग सहकार्य गर्दै फाउन्डेसनले विद्यालयका किशोरीहरूलाई दिइएको शिक्षा महत्त्वपूर्ण रहेकाे बताउनुभयो ।

उक्त कार्यक्रममा राेज फाउन्डेसनका अध्यक्ष माधव भण्डारीले महिनावारी र सेनिटरी प्याडसँग सम्बन्धित रहेर प्रस्तुतीकरण दिनुभएको थियाे ।

साेही कार्यक्रममा पाेखरा भित्र रहेका पाँच वटा विद्यालयलाई कार्यक्रमका प्रमुख अतिथि महानगर प्रमुख जि.सीकाे हातबाट निशुल्क सेनेटरी प्याड भेन्डिङ्ग मेसिन वितरण गरिएको थियाे । जसमा भवानी कालिका मा.वि, विध्ववासिनी मा वि, शिवशक्ति मा वि, महेन्द्र मा वि र रत्न पाण्डे मा वि रहेका छन् । अन्य विद्यालयहरूलाई पनि सेनेटरी प्याड भेन्डिङ्ग मेसिन उपलब्ध गराइने फाउन्डेसनले जनाएको छ ।

कार्यक्रममा राेज फाउन्डेसनका निर्देशक तथा शिक्षा विभाग प्रमुख विश्वराज पंगेनी, पाेखरा महानगरपालिका स्वास्थ महाशाखा प्रमुख हेमन्त शर्मा, राेज बहिनी महिला सृजनशिल समाजकाे केन्द्रीय उपाध्यक्ष देबिका कार्की, राेज फाउन्डेसनकाे गण्डकी प्रदेशका जिल्ला संयाेजक एवं पाेखरामा रहेका सामुदायिक विद्यालयका प्राध्यापक शिक्षकशिक्षिकाहरूकाे उपस्थिती रहेकाे थियाे ।

राेज बहिनी महिला सृजनशिल समाज कास्कीका संयाेजक लक्ष्मी कार्कीकाे अध्यक्षता सम्पन्न साे कार्यक्रमकाे संचालक राेज फाउन्डेसनका केन्द्रीय संयाेजक अप्सरा खनालले गर्नुभएको थियाे ।