पोखरा । नेकपा एमाले पोखरा महानगर कमिटीको अध्यक्षमा दिलीप न्यौपाने सर्वसम्मत चुनिएका छन् । अरु ४ उम्मेदवारले बिहीबार मनोनयन फिर्ता लिएकाले न्यौपाने सर्वसम्मत अध्यक्ष चुनिएका हुन् ।
अध्यक्षमा न्यौपानेसहित तेजनारायण अधिकारी, दीपक पौडैल, धनबहादुर नेपाली र हरि त्रिपाठीले उम्मेदवारी दिएका थिए । न्यौपाने महानगर कमिटी पूर्वसचिव हुन् ।
उपाध्यक्षमा उमा परियार, बैनबहादुर गुरुङ, मोहन गुरुङ, राजकुमारी भुजेल र सुस्मिता केसी भट्टराईको उम्मेदवारी परेको छ । जीवनप्रसाद आचार्य र गोकर्ण अधिकारीको उम्मेदवारी सचिवमा परेको छ ।
उपसचिव पदका लागि भने १६ जनाको उम्मेदवारी परेको छ । सिमबहादुर गुरुङ, दुर्गाप्रसाद श्रेष्ठ, बलराम गिरी, रामचन्द्र थापा, प्रकाश पौडेल, शिवप्रसाद आचार्य, हरिप्रसाद लम्साल, मीनबहादुर थापा, विष्णु पुन, वीरेन्द्र भण्डारी, दलबहादुर खत्री, हरिमाया गुरुङ, सूर्य भण्डारी, विष्णुहरि तिमिल्सिना, सुवास ढुंगाना र सीता विकले उपसचिवमा उम्मेदवारी दिएका छन् ।
महानगर कमिटीमा भौगोलिक तर्फबाट सदस्यहरु २५ जना निर्विरोध चयन भएका छन् । नेकपा (एमाले)ले कास्कीका ३ पालिकामा पनि सर्वसम्मत नेतृत्व चयन गरेको छ । मंगलबारदेखि सुरु भएको पहिलो पालिका अधिवेशनमा मादी, रुपा र अन्नपूर्ण गाउँपालिकामा सहमतिमा नेतृत्व चयन गरिएको हो । पोखरा महानगरपालिका र माछापुच्छ«ेमा भने सहमति नहुँदा नेतृत्व चयन हुन सकेको छैन ।