पोखरा आदर्श स्कुलमा साइवर नैतिकताबारे विद्यार्थीहरुलाई अभिमुखीकरण

0
104

पोखरा ।  पोखरा आदर्श मा.वि. का विद्यार्थीहरुलाई एक दिने साइवर नैतिकता सम्वन्धी तालिम शुक्रबार सम्पन्न भयो। सूचना र सञ्चार प्रविधिको उच्चतम विकाससँगै नेपाल पनि अनलाइन सञ्चारको क्षेत्रमा अगाडि बढिरहेको छ। यसले मानिसहरुको दैनिकीलाई सहज बनाएको भएतापनि यसको नकारात्मक पक्ष पनि देखिने गरेको छ । साइबर सुरक्षाका बारेमा सामान्य ज्ञानको अभावमा विभिन्न प्रकृतिका घटनाहरु वृद्वि भइरहेका छन् र यससम्बन्धी ज्ञान नहुँदा यस्ता घटनाहरु दिन प्रतिदिन बढ्दै गइरहेका छन् ।

विद्यार्थीहरुलाई साइवर सुरक्षा र यसको राम्रो प्रयोग कसरी गर्ने भनेर कम्युटर विज्ञ प्रवीण ढकालले तालिम दिएका थिए । ढकालले साइवर नैतिकतालाई कसरी सहज र राम्रो प्रयोग गर्न सकिन्छ भनेर उक्त तालिममा सुझावहरु प्रस्तुत गरे।

प्रविधिको प्रयोग गर्दा सावधानी अपनाउन सकेमा घटनाहरुमा कमी आउनेमा कुनै विवाद नरहेको पनि ढकालले जानकारी दिए । उक्त कार्यक्रममा सहभागी विद्यार्थीहरु मध्ये रोहित कुँवरले भने “आजको यस कार्यक्रमले हाम्रो दैनिक जीवनमा प्रयोग हुने डिजिटल सीपको बारेमा जानकारी दिएको र परीक्षाका दृष्टिकोणले पनि उपयोगी रहेको छ” । विषय शिक्षक कुशल तिमिल्सिनाले समग्र विषयवस्तुलाई संक्षेपमा प्रस्तुत गर्दै जीवनोपयोगी सीपको बारेमा बताएको जानकारी विद्यालयका सह प्राचार्य ज्ञानेश्वर सुबेदीले दिए ।