फोटोग्राफर संघ गण्डकी द्वारा फोटो प्रतियोगिताको घोषणा
१८४औं बिश्व फोटोग्राफी दिवसको अवसर पारेर फोटोग्राफर संघ गण्डकी द्वारा बिभिन्न विधामा फोटो प्रतियोगिताको घोषणा गरेको छ । संघ ले फोटोग्राफरहरुको सम्मान प्रविधिको ज्ञान, व्यवसायिहरुलाई उत्साह र फोटोग्राफरहरुको मनोवल उच्च प्रदान गर्ने उदेश्यले उक्त प्रतियोगिताको घोष्णा गरेको हो ।
फोटोग्राफर संघ गण्डकी को स्थापना दिवस भाद्र २० गते समापन गरिने प्रतियोगितामा मिराज राष्ट्रिय बैवाहिक फोटो प्र्रतियोगिता अन्र्तगत बिभिन्न ६ ओटा विधा सार्वजनिक गरेको छ । बेष्ट फोटो अवार्ड, ब्राईड एण्ड ग्रुम हेड सट,बेष्ट कलरिङ एण्ड रिटचिङ, बेष्ट मोमेन्ट क्याप्चरिङ, बेष्ट कपल पोजिङ, बेष्ट कल्चर गरी ६ ओटा बिधा रहेका छन । बेष्ट बैवाहिक फोटो अवार्डका लागी रु १५,५५५ नगद ट्रफी र प्रमाण पत्र रहेको छ भने अन्य बिधामा ट्रफी र प्रमाण रहेका छन् । मिराज राष्ट्रिय बैवाहिक फोटो प्र्रतियोगिता बर्ष भरिनै चलिरहेको र प्रत्यक महिनाका उत्कृष्ट प्रतियोगितालाई प्रमाण पत्रले सम्मान गरिने प्रतियोगिताका संयोजक भक्त तामाङले जानकारी दिए ।
मिराज राष्ट्रिय बैवाहिक फोटो प्र्रतियोगिताका लागी मिराज फोटोका संचालक भक्त तामाङ÷बृहस तामाङले रु २ लाखको अक्षयकोषको स्थापना गरेको कुरा कोषाध्यक्ष जीवन ढुङ्गानाले बताएका छन् । यसैगरी संस्थाले गण्डकी प्रदेशलाई बिश्वभरी नै चिनाउने उद्येश्यका साथ यहाँका प्राकृतिक छटाहरुलाई उजागर गर्ने र आन्तरिक पर्यटनलाई प्रोत्साहन गर्नका लागी नेचर एण्ड ल्याण्डस्केप बिधामा पनि प्रतियोगिताका घोषणा गरेको छ ।
नेचर एण्ड ल्याण्डस्केप बिधा अन्र्तगत फोटोहरु गण्डकी प्रदेश भित्रको हुनुपर्नेछ भने देशै भरिका फोटोग्राफरहरु यस प्रतियोगितामा भाग लिन पाउनेछन । उक्त प्रतियोगितामा बेस्ट फोटोले नगद ट्रफि र प्रमाणपत्र पाउनेछन भने उत्कृष्ट ५ तस्विरलाई ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
चलिरहेका
रातको समयमा पौने नौ लाख बराबरको अबैध सामान पक्राउ
पोखराको लेकसाइडमा पुर्व झापाबाट भित्रीए केहि ब्यक्ति, स्थानीयमा त्रास
कास्कीको लेखनाथ सामुदायिक लायन्स अस्पतालमा एक महिलाको मृत्युु
पाेखरा -१० का २ जना महिलामा काेराेना संक्रमण पुष्टि
-
रातको समयमा पौने नौ लाख बराबरको अबैध सामान पक्राउ
४ मंसिर २०७५, मंगलवार -
पोखराको लेकसाइडमा पुर्व झापाबाट भित्रीए केहि ब्यक्ति, स्थानीयमा त्रास
२९ बैशाख २०७७, सोमबार -
कास्कीको लेखनाथ सामुदायिक लायन्स अस्पतालमा एक महिलाको मृत्युु
२४ जेष्ठ २०७७, शनिबार -
कास्कीकाे रुपाका २ जनामा काेराेना संक्रमण, कास्कीमा काेराेना संक्रमितकाे संख्या ४ पुग्याे
२४ जेष्ठ २०७७, शनिबार
-
बचतकर्तालाई सरकारले अन्याय गर्न सक्दैनः अर्थमन्त्री डा. महत
१९ मंसिर २०८०, मंगलवार -
चन्द्रावतीको कविता संग्रह पलपलका भावनाहरुको लोकार्पण
१९ मंसिर २०८०, मंगलवार -
लैङ्गिक हिंसा विरुद्धका अभियान गाउँ केन्द्रित हुनुपर्छ :जिसस कास्की प्रमुख पाैडेल
१८ मंसिर २०८०, सोमबार -
स्वास्थ्यलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड
१८ मंसिर २०८०, सोमबार
-
कञ्चनपुर प्रकरण : गृहमन्त्रीसँग दुई घण्टा वार्तापछि फेरि काममा फर्किए केसी
२८ भाद्र २०७५, बिहीबार -
रेन्डी विलियम बेरी नेपालका लागि नयाँ अमेरिकी राजदूत
२७ भाद्र २०७५, बुधबार -
मन्त्री र सचिवलाई प्रधानमन्त्री ओलीको प्रश्न : ‘एउटै योजना ३० वर्षमा पनि किन सकिएन ?’
२७ भाद्र २०७५, बुधबार -
आसाममा ५.५ रिक्टरस्केलको भूकम्प, नेपालसम्म धक्का
२७ भाद्र २०७५, बुधबार
You may also like
बचतकर्तालाई सरकारले अन्याय गर्न सक्दैनः अर्थमन्त्री डा. महत
नवलपरासी । अर्थमन्त्री डा. प्रकाशशरण महतले बचतकर्तालाई सरकारले अन्याय नगर्ने स्पष्ट पार्नुभयो । मंगलबार नवलपरासीमा स्थापित रेडबुल फ्याक्ट्रीको उद्घाटन गर्नेक्रममा मन्त्री डा. महतले भन्नुभयो, ‘ऋण तिर्दिन भन्नु समस्याको समाधान होइन । यो वचतकर्ताको पैसा हो । ऋण मिनाह भनेको वचतकर्ताको वचत सकिनु हो । त्यसको क्षतिपूर्ति कसले तिर्ने ? त्यही पैसा फिर्ता भएर वचतकर्ताले आवश्यक […]
चन्द्रावतीको कविता संग्रह पलपलका भावनाहरुको लोकार्पण
पोखरा । साहित्यकार चन्द्रावती अधिकारी वाग्लेको कविता संग्रह पलपलका भावनाहरुको लोकार्पण कार्यक्रम सम्पन्न भएको छ । नारी प्रतिभा वाङमय प्रतिष्ठानले वाग्लेको जन्मदिनको अबसरमा उक्त संग्रह लोकार्पण गरेकाे हो । पुस्तक लोकार्पण गर्दै विम्वकवि रमेश श्रेष्ठले मानिसको विविध तिर्खाले नै संसारमा ठूला ठूला आविष्कार , सृजना र परिर्वतन भएको बताउदै सहित्य क्षेत्रमा लेखकको तिर्खा समुद्र […]
लैङ्गिक हिंसा विरुद्धका अभियान गाउँ केन्द्रित हुनुपर्छ :जिसस कास्की प्रमुख पाैडेल
पाेखरा।जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पाैडेलले लैङ्गिक हिंसा विरुद्धका अभियान गाउँ केन्द्रित हुनुपर्नेमा जाेड दिनुभएको छ। साेमबार राष्ट्रिय महिला आयोगले पाेखरामा आयोजना गरेको महिला हिंसा तथा बालबालिका ,जेष्ठ नागरिककाे अवस्थाकाे बारेमा गरिएको अनुगमन तथा अवलोकन कार्यक्रममा बाेल्दै उहाँले शिक्षित परिवारमा पनि हिंसा हुने गरेको बताउनुभयो । लैङ्गिक हिंसाले मुलुकको समग्र विकासमा अवरोध […]
स्वास्थ्यलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड
पोखरा ।पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुुदेवी गुरुङले स्वास्थ्य विकास र समृद्धिको सुचक भएको बताउदै स्वास्थ्यलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभएको छ । पोखरा महानगरपालिका वडा नम्वर १५ ले आयोजना गरेको स्त्रीरोग परीक्षण सम्वन्धि निशुल्क स्वास्थ्य शिविरको उदघाटन गदै उहाँले,“ जुन देशका नागरिक स्वस्थ हुन्छ, त्यो देश समृद्धिको दिशामा अगाडी बढछ, त्यसैले स्वास्थ्यलाई प्राथमिकतामा राख्नुपर्छ ।” उहाँले स्वास्थ्य […]
पुसको ५ गते देखि १६ गते सम्म पोखरा -२७ तालचोकमा लेखनाथ महोत्सव हुने
पोखरा । लेखनाथ उद्योग वाणिज्य संघले ‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र संवृद्धि’ भन्ने मूल नाराका साथ पुसको पहिलो साता देखि १९ औँ संस्करणको लेखनाथ महोत्सव गर्ने भएको छ । सोमबार आयोजित पत्रकार सम्मेलनमा संघले पुसको ५ गते देखि १६ गते सम्म पोखरा २७ तालचोकमा १९ औँ संस्करणको लेखनाथ महोत्सव गर्न लागेको जानकारी गराइएको हो […]
सराङ्गकोट बहुउद्देश्यीय सहकारीको १७ औं साधारण सभा
सराङ्गकोट बहुउद्देश्यीय सहकारीको १७ औं साधारण सभा सम्पन्न भएको छ । २०६३ मा स्थापना भएको सहकारी ऐन नियम अनुसार समुदाय विकास कार्यक्रमका लागिा रेडियो सराङ्गकोट, सङ्गै सदस्यको आर्थिक विकासको लागि बचत तथा ऋण कारोबार गर्दै आएको छ । साधारण सभाको शुभारम्भ गर्दै राष्ट्रिय सहकारी बैंकका क्षत्रीय प्रमुख नरेश पाण्डेले संस्थालाई दिर्घकालिन रुपमा अगाडी बढाउन […]
लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान
पृष्ठभूमि लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको शुरुवात महिला विरुद्धको हिंसा अन्त्यका लागि सन् १९९१ मा सेन्टरफोर ओमन्स ग्लोवल लिडरसीप -CWGL) को सहयोगमा विभिन्न २३ देशका उत्साहित महिला अधिकारकर्मी समुहले गरेको थियो । त्यसपछि हरेक २५ नोभेम्बर देखि १० डिसेम्बरसम्म अन्तर्राष्ट्रिय अभियानका रुपमा विश्वव्यापी रुपमा मनाउँदै आएको पाईन्छ । महिलामाथि हुने हिंसा मानवअधिकार हनन्को सवाल हो भन्ने मान्यता स्थापित गर्दै सोहीअनुरुप काम गर्न सबै राष्ट्र तथा संयुक्त राष्ट्र संघलगायत अन्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरोकारवाला निकायलाई आह्वान गर्ने यो अभियानको उद्देश्य हो । यो अभियानअन्तर्गत २५ नोभेम्बर देखि १० डिसेम्बरसम्म समुदायदेखि सबै तहसम्म विभिन्न गतिविधि र कार्यक्रम गरिन्छ । यसको सन्दर्भ डोमिनिकन गणतन्त्रका मिरावेल परिवारका तीन साहसी दिदी बहिनीहरू पेट्रिया, मिनर्भा र मारियाको तत्कालिन त्रुजिलो तानाशाही सरकारले सन् १९६० नोभेम्बर २५ मा गरेको हत्यासंग जोडिएको छ । त्यसैले यसलाई ल्याटिन अमेरीकी देशमा महिला हिंसा विरुद्धको दिवसको रुपमा मनाउन थालिएको हो । यसरी यी तीन दिदी बहिनीहरूको हत्यालाई महिला विरुद्धको हिंसाको रूपमा लिई महिलावादीहरू द्वारा उनीहरूको सम्झनामा विभिन्न कार्यक्रम आयोजना गर्दै मनाउने परम्पराको सुरुवात गरिएको हो । पछि, सन् १९९९ मा संयुक्त राष्ट्रसंघद्वारा यसलाई आत्मसात गरी नोभेम्बर २५ को दिनलाई संसारभर नै महिला विरुद्धको हिंसा अन्त्यका लागि अन्तर्राष्ट्रिय दिवसको रूपमा स्थापित गरियो । साथै सन् १९९१ मा नै क्यानडाका युवाहरुले सेतो रिवन बाँधेर यो दिवस “म हिंसा सहन्न,आफुपनि गर्दिन, र देखेमा प्रतिकार गर्छु” भनी सेतो रिवन अभियान संचालन गरेका थिए ।उक्त समयदेखि सेतोरिवनलाई लैंगिक हिंसा विरुद्ध प्रतिवद्धताको प्रतीकको रुपमा प्रयोग गर्दै आएको पाईन्छ । लिखित इतिहाँसलाइ नियाल्दा नेपालमा महिला विरुद्ध हुने हिंसाका सम्बन्धमा आवाज उठाउने प्रथम महिला योगमाया न्यौपाने हुन् । वि सं १९२५ मा नेपालको पुर्वी पहाडको भोजपुरमा जन्मिएकी उनले तत्कालिन नेपाली समाजमा महिलामाथि हुने गरेका अन्याय अत्याचार र कुसंस्कारको विरुद्ध सामाजिक परिवर्तन र महिला अधिकार स्थापनाका लागि सशक्त रुपमा आवाज उठाएकी थिईन् । उनले समाजमा रहेका पित्तृसत्तात्मक सोच, सामाजिक मुल्यमान्यता, शोषण, जातीय विभेद र चरम लैंगिक विभेद विरुद्ध अभियान संचालन गर्दागर्दै वि सं १९९८ मा आफ्ना अनुयायी सहित परिवर्तनका लागि खवरदारी गर्दै जलसमाधि लिएकी थिईन् । १६ दिने अभियानको शुरुवात नेपालमा वि सं २०५४ सालदेखि भएको पाईन्छ र यस अवधिमा विविध महिला विरुद्ध हुने हिंसाका सवालमा सचेतनामुलक कार्यक्रमहरु संचालन गरी मनाउँदै आएको छ । तथापि नेपाल सरकारको मन्त्रीपरिषद्ले भने २०७५ सालमा आएर मात्र लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानलाई सामाजिक सचेतना सहित प्रत्येक बर्ष सवै स्थानीय पालिका, प्रदेश तथा संघमा संचालन गर्ने निर्णय गरेको थियो । घर तथा समाजमा महिलाको अवस्था महिला भएकै कारण हुने विभेदका परिणामस्वरुप महिलामाथि हुने हिंसाले निरन्तरता पाएको छ । यसको अन्त्य गर्न “संरचनागत असमानताबाट सिर्जित भेदभाव अन्तर्निहित कारणहरूको” सम्बोधन आवश्यक छ । यो तबमात्र सम्भव छ, जब राज्यले “महिलाले आफ्नो स्वपहिचान”का साथ जीवनयापन गर्न पाउने अधिकार सुनिश्चित हुने वातावरण सिर्जना गर्छ । महिला विरुद्ध र महिला भएकै कारणले हुने सम्पूर्ण हिंसात्मक कार्य महिलामाथि हुने हिंसा हुन् । ‘महिला विरुद्धको हिंसा सार्वजनिक वा निजी जीवनमा लिङ्गका आधारमा हुने हिंसाजन्य कार्य हो, जसले महिलालाई शारीरिक, यौनजन्य वा मानसिक क्षति वा पीडा पु¥याउँछ वा पु¥याउने सम्भावना हुन्छ । यसअन्तर्गत त्यस्तो कार्य गर्ने धम्की, दबाब र स्वेच्छाचारी रूपमा महिलाको स्वतन्त्रतामा बन्देज गर्ने कार्यसमेत पर्दछ ।’ संसारमा हरेक तीनमध्ये एक जना महिलाले आफ्नो जीवनकालमा कुनै न कुनै प्रकारको हिंसा भोग्छन् र यस्तो हिंसामा संलग्न पीडक महिलाले चिनेको, माया गर्ने र विश्वास गर्ने व्यक्ति हुने गर्दछन् । हरेक दिन महिलाले व्यक्तिगतदेखि सार्वजनिक क्षेत्रमा कुनै न कुनै प्रकारको हिंसाको सामना गरिरहनुपरेको स्थिति छ । समग्रतामा मुलुकको लैंगिक विकासको वस्तुस्थिति हेर्दा सन् २०१५ को संयुक्त राष्ट्र«संघीय विकास कार्यक्रम (यूएनडीपी)को लैंगिक विकास सूचक (GDI) अनुरुप नेपाल कम लैंगिक विकास भएको देशको वर्गमा अर्थात् विश्वको १४५ औँ स्थानमा पर्छ । त्यसै गरी नेपाल एशियाली मुलुकमध्ये सबैभन्दा कम लैंगिक विकास भएको देशको सूचीमा पर्छ । नेपालको संविधानले लैंगिक विभेदको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने संकल्प गरेको छ । समान नागरिक, समान सहभागिता, सामाजिक सुरक्षा, कानुनको पालना र आर्थिक समृद्धिलाई संविधानमा प्रमुख प्राथमिकताका साथ राखिएको छ । लैंगिक समानतालाई विकास र समृद्धिका सवालका रुपमा स्थापित नगरेसम्म देशमा दिगो विकास, समानता, शान्ति र समृद्धिको स्थापना हुन नसक्ने तथ्यलाई विश्वले आत्मसाथ गरिसकेको छ । नेपाल सरकारले लैंगिक हिंसाको सम्बोधनका लागि नीतिगत व्यवस्थाका साथै विभिन्न कार्यक्रम तय गरेको छ । नेपाल […]
उपभोक्ता समितिहरू बिकासका लागि सरकारका सहयात्री हुन : जि. स. स. कास्की प्रमुख पौडेल
कास्की । जिल्ला समन्वय समिति कास्कीको आयोजनामा उपभोक्ता समितिहरूलाइ पहिलोपटक एक दिने प्रशिक्षण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ। कास्कीका विभिन्न बिकास निर्माणका कामलाई ब्यबस्थित र गुणस्तरीय बनाउने लक्ष्य अनुरूप गुणस्तरीय बिकास निर्माणमा उपभोक्ता समितिको भुमिका बिषयमा प्रशिक्षण प्रदान गरिएको हो। सो प्रशिक्षण कार्यक्रमको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले उद्घाटन गर्नुभएको थियो […]
कुनैपनि अराजक र उत्तेजक भीडको पछि नलाग्न कार्यवाहक प्रधानमन्त्री एवम् रक्षामन्त्री खड्काको आग्रह
काठमाडौ । कार्यवाहक प्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले अर्थतन्त्रमा देखिएका केही समस्यालाई देखाएर कतिपय स्वार्थ समूहले अवाञ्छित राजनीतिक फाइदा लिन खोजेको प्रति सरकार गम्भीर रहेको बताउनुभएको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २७औँ वार्षिकोत्सवको अवसरमा यहाँ आयोजित कार्यक्रममा कार्यवाहक प्रधानमन्त्री खड्काले सर्वसाधारण जनसमुदायलाई कुनैपनि अराजक र उत्तेजक भीडको पछि नलाग्न र सरकारमाथि भरोसा […]
फिस्टेल एकेडेमीले पुषको पहिलो साता’फिस्टेल स्पोर्टस् फेस्ट’ आयोजना गर्ने
पोखरा । पोखरा महानगरपालिका वडा नं. १७ तल्लो बिरौटामा अवस्थित फिस्टेल एकेडेमी माध्यमिक विद्यालयले ‘फिस्टेल स्पोर्टस् फेस्ट’ पुषको पहिलो साता आयोजना गर्ने भएको छ । बिधालय स्थापनाको २९ औं बार्षिकोत्सबको अबसरमा आगामी पुषको पाँच देखि सात गते सम्म उक्त प्रतियोगिता संचालन हुने शुक्रबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी दिइएको हो। प्रतियोगीताको बारेमा जानकारी दिदै […]
Leave a Reply
You must be logged in to post a comment.