पोखरा । संक्रामक तथा सरुवा रोग अस्पताल पोखरालाई सर्पदंश उपचार केन्द्र संचालनका लागि अनुमती प्रदान गरिएको छ । स्वास्थ्य मन्त्रालय अन्तरगतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको गएको साउन २९ गतेको निर्णयानुसार सर्पदंश उपचार केन्द्र संचालनका लागि अनुमती प्रदान गरिएको हो ।
संक्रामक तथा सरुवा रोग अस्पतालका निर्देशक विकास गौचनले अस्पतालले माग गरे अनुसार नै सर्पदंशको उपचारका लागि संघीय सरकारबाट अनुमती प्राप्त भएको जानकारी दिए ।