नापी कार्यालय कास्कीमा क्यू आार काेड प्रयोग गरि सेवाग्राहीले कार्यालय सगँ सम्वन्धित गुनासाे तथा सुझाव गर्न पाइने भएको छ । मङ्गलवार एक सूचना प्रकाशन गरि याे व्यवस्था शुरु गरिएको नापी कार्यालय कास्कीका सूचना अधिकारी ई.दिनेश लामिछानेले वताए ।
कार्यालय सगँ सम्वन्धित गुनासाे गर्न कार्यालयमा निवेदन लिएर आउन पर्ने वाध्यत हटेकाे छ । यस अघि सुझाव पेटिका राखी कार्यालय सगँ सम्वन्धित गुनासाे तथा सुझाव लिने गरिएकाे थियाे । याे सगै अव कर्यालयकाे आधिकारिक इमेल मार्फत राख्न सकिने र गुनासो सुझाव राख्न चाहाने व्यक्तिले आफ्नो परिचय खुलाउन नचाहेमा क्यू आार काेड स्क्यान गरि ताहा उपलब्ध हुने फाराम भरि राख्न सकिने नापी अधिकृत ई बिशाल थापाले जानकारी दिनुभयो |
कार्यालयको सेवा चुस्त र दुरुस्त राख्न र शु-सासन कायम गर्न यस किसिमकाे प्रविधिले थप सहयाेग पुग्ने र आफु शुशासन कायम गर्न प्रतिबद्ध समेत रहेको नापी कार्यालय कास्कीका प्रमुख नर बहादुर चन्दले बताउनु भयो ।