सङ्घीयता सिक्न सातै प्रदेशका सांसदहरू अमेरिका

0
155

 

नेपालको सङ्घीय संरचनालाई संस्थागत गर्न र प्रदेश संरचनालाई मजबुत बनाउने उद्देश्यले नेपालका सातै प्रदेशका सांसदहरू सङ्घीयता सिक्न अमेरिका गएका छन् । हरेक प्रदेशबाट १–१ जना सांसद छानेर अमेरिकी विदेश विभागले अमेरिका लगेको हो ।

भ्रमणमा गण्डकी प्रदेशकी सांसद सरस्वती गुरुङसहित कोशी प्रदेशका बाबुराम गौतम, बागमतीका अमनकुमार मास्के, कर्णालीकी सन्तोषी शाही छन् । यस्तै, सुदूरपश्चिम प्रदेशकी ललिता देवी सुनार, लुम्बिनीकी निर्मलादेवी थारु र मधेस प्रदेशका सन्जयकुमार यादव गएका छन् ।

१६ दिनको भ्रमणमा सीमान्तकृत समुदायका महिलाहरूको सहभागिता र प्रतिनिधित्वलाई प्रवर्द्धन गर्न राष्ट्रिय, प्रदेश र स्थानीय तहमा कानुनी, नियामक र नीतिगत मुद्धाहरुमा पैरवी गर्न विज्ञहरूसँग अन्तर्क्रिया हुनेछ ।

उनीहरुले  सङ्घीय, राज्य र स्थानीय सरकारबीच अधिकार र जिम्मेवारीको विभाजन सहित अमेरिकी सङ्घीय शासन प्रणालीको संरचना र कामबारे अध्ययन गरिने भ्रमण दलकी सदस्य गण्डकी प्रदेशकी सांसद सरस्वती  गुरुङले जानकारी दिइन् ।

टोली मङ्सिर ३० गते नेपाल फर्किनेछ ।