गण्डकी प्रदेशमा कास्की केन्द्रित भएर आन्दोलनको बिगुल फुक्छौं : ने.बि संघ कास्की, पर्बत र स्याङ्जाका सभापति

0
877

कास्की ।  नेपाल विद्यार्थी संघ कास्की, पर्बत र स्याङ्जाका जिल्ला सभापतिहरूले नेपाली कांग्रेसका पार्टी सभापति शेर बहादुर देउवालाई भेटेर नेपाल विद्यार्थी संघको तदर्थ समिति छिटो भन्दा छिटो गठन गर्न आग्रह गरेका हुन् । नेपाली कांग्रेसको विद्यार्थीको संगठन नेपाल विद्यार्थी संघ पार्टीको महत्त्वपूर्ण भात्री संगठन भएकाले यसको नेतृत्वको जिम्मा सम्हाल्नका निम्ति जो कोहिले नसक्ने भएकाले एक असल, कर्मठ, संगठनका लागी ठुलो संघर्ष र संगठनका लोकप्रिय विद्यार्थी नेता चाहिने कुरा समेत तिन ने.बि संघ जिल्ला सभापतिहरुले पार्टी सभापतिसंग राखेका थिए।

उक्त भनाइको उत्तर दिदै पार्टी सभापति शेर बहादुर देउवाले अब छिट्टै नै केहि दिनमा नेपाल विद्यार्थी संघको तदर्थ समिति गठन गर्ने हिसाबले आफू र केन्द्रिय नेताहरू अघि बढेको कुरा जनाएका थिए। नजिकिदै गरेको नेपाल विद्यार्थी संघको स्थापना दिवससम्म नेपाल विद्यार्थी संघको तदर्थ समिति गठन भईसक्ने प्रतिबद्धता पार्टी सभापति शेर बहादुर देउवाले गरेका थिए। उक्त कुराकानीमा देउवाले कास्कीको पृथ्वी नारायण क्याम्पस देशकै ठुलो क्याम्पस भएकालेे त्यहाँ आफ्नो संगठन बलियो बनाउन आवस्यक रहेको भन्दै नेपाल विद्यार्थी संघ कास्कीका सभापति बिकास थापालाई त्यही अनुसारले अघि बढ्नुपर्ने र स्वतन्त्र विद्यार्थी युनियन ( स्वबियु ) निर्वाचनमा आफुहरुले जित्ने गरेर संघर्ष गर्न अपिल गरेका छन। यसरी नै स्याङ्जा र पर्बतका ने.बि संघ सभापतिलाई पनि देउवाले पृथ्वी नारायण क्याम्पसमा स्याङ्जा र पर्बतका धेरै विद्यार्थीहरु पढ्ने भएकाले त्यहाँ आफ्नो संगठन बलियो बनाउनका निम्ति बिशेष ध्यान दिई आफुले आफ्नो ठाउबाट गर्न सक्ने सहयोग र दिन सक्ने साथ दिन अपिल गरेका हुन।

स्याङ्जा ने.बि संघ सभापति अजित क्षेत्रीले आफहरुू तिनै जिल्ला सभापति तदर्थ समितिको आकङ्क्षी भएकाले आफुहरु तिनै जिल्ला सभापतिले जिम्मेवारी पाए १२ औ महाधिवेशन र प्रदेश अधिवेशन गर्नका निम्ति नेतृत्व लिन तयार रहेको कुरा पार्टी सभापति शेर बहादुर देउवालाई जनाउनु भयो। यस्तै गरि पार्टी सभापति देउवालाई पर्बत ने.बि संघ सभापति मिलन सुबेदिले प्रदेश राजधानी कास्की केन्द्रित रहेर अधिनायक विरुद्ध आन्दोलनको मैदानमा आफुहरु तिनै जिल्ला सभापति तयार रहेको जनाउनु भयो। नेपाली कांग्रेसका पार्टी सभापति शेर बहादुर देउवाले उक्त भेटघाटमा उपस्थित तिन जिल्लाका सभापति बिकास थापा, अजित क्षेत्री र मिलन सुवेदलाई यस भ्रष्ट सरकार नसच्चिए आफुहरु यस सरकार विरुद्ध सडक र सदनबाट आन्दोलनको सुरुवात गरि देशब्यापी रूपमा आन्दोलनको आधीबेरि जुनसुकै बेला पनि ल्याउन पर्ने स्थित आउन सक्ने भएकाले तयार रहन आग्रह गरे।

अन्त्यमा पृथ्वी नारायण क्याम्पसको प्रसङ्ग जोड्डै नेपाल विद्यार्थी संघ कास्कीका सभापति बिकास थापाले पार्टी सभापति शेर बहादुर देउवालाई उहाँले पृथ्वी नारायण क्याम्पस परिसर भ्रमण गरे विद्यार्थीहरुमा उत्साह जाग्ने भन्दै पार्टी सभापतिलाई पि.न. क्याम्पस भ्रमणको निम्तो दिएका थिए। उक्त भेटघाटमा भएको कुराकानीको सङ्क्षिप्त ब्याख्या नेपाल विद्यार्थी संघ कास्कीका विद्यार्थी नेता बिपिन पौडेलले हामीलाई गरेका हुन ।