पोखराको निभा गल्लीमा क्याफे साइट रेष्ट्रो एण्ड बार संचालनमा

0
1841

 

पोखरा । पोखराका दुई युवा ब्यबसायी मोहन पण्डित र भिम गौतमले  पोखरामा क्याफे साइट रेष्ट्रो एण्ड बार संचालनमा ल्याएका छन । पोखराको चिप्लेढुङ्गा स्थित निभा गल्लीमा रु एक करोड २५ लाखको लागतमा ब्यबसाय संचालन गरिएको संचालक भिम गौतमले पोखरा पोष्टलाइ जानकारी दिए । क्याफे साइड रेष्ट्रो एण्ड बारको आइतबार गण्डकी प्रदेश सभा सदस्य बिन्दु कुमार थापाले उद्घाटन गरे ।  कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य थापाले युबाहरुलाई स्वरोजगार बनाउन सके मात्रै मुलुक समृद्ध बन्दै जाने बताए । युबाहरुले संचालन गरेका उद्योग ब्यबसायमा राज्यले ध्यान दिनु पर्नेमा समेत उनले जोड दिए । संचालक भिम गौतमको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा ९ का वडा अध्यक्ष रामराज लामिछाने ,पोखरा उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष नारायण कोइराला,उपभोक्ता मञ्च कास्कीका अध्यक्ष कपिलनाथ कोइराला लगाउतले शुभकामना मन्तब्य राखेका थिए ।कार्यक्रमको संचालन  युवा समाजसेबी नबिन बरालले गरेका थिए ।