बिपिन पौडेल
काण्ड हुन्छन देशमा, काण्ड गर्छन कम्युनिष्ट, छानबिन गर्छन बिभिन्न छानबिन समिति, सत्य तथ्य बाहिर निस्किन्छन, कडा आलोचना र बिरोध हुन्छन, कम्युनिष्ट सरकारवालाहरु जन्ता भ्रम मा पारि ओझेल पर्न, बिरोधका कार्य रोक्न निर्दोष शेर बहादुर देउवाको नि सङ्लग्नता छ भनेर भ्रम फैलाउन हावा न्युज बनाएर भाइरल गर्न लगाउंछन आफ्ना कार्यकर्तालाई अनि त्यो हावा न्युज भाइरल भएर निर्दोष ब्यक्ती र पार्टीको आलोचनामा लाग्छन् जन्ताहरु। हुन त सोझा जन्ताको के दोष भन्नु दुई तिहाइले भ्रमको खेती लगाएसी।।
वाइडबडी काण्ड भयो, कडा बिरोध र आलोचना पनि भयो तर निर्दोष शेर बहादुर देउवाको नाम हावा तालमा भर्मको माध्यमबाट फैलाएर काण्ड नै ओझेलमा पार्न खोज्ने कम्युनिष्टहरु कान खोलेर सुने हुन्छ जन्ताले त्यति खेर नै चिनिसके भ्रम, सत्य र तथ्य के हो भनेर। यतिखेर बालुवाटार जग्गा काण्ड प्रक्रिया त्यही छ अब त बुझ सोझा जन्ता र कार्यकर्ताहरु किन खन्निन्छौ निर्दोष माथी? जस्लाई छानबिन समितिले दोषी ठहर्याएको छ उनीहरुको विरुद्धमा लागेर कारबाहीको दायरामा ल्याउन सबैले पहल गर्न आवश्यक छ तर भ्रमको खेतिको पछि लागेर निर्दोष माथी खन्निनु उचित नहुने कुरा सबैमाझ टक्राउंदछु।
अन्तिम मा भन्न चाहान्छु कि यदि छानबिन समितिले तह गरेको त्यो रिपोर्टमा शेर
बहादुर देउवाको नाम को ` श ´ पनि देखिएको भए भन्नुस र आलोचना गर्नुस् अनि एकचोटि शेर बहादुर देउवालाई आफू निर्दोष हो कि होइन भनेर देखाउन लगाउनुस। यदि उहाँले निर्दोष साबित गर्न नसके बिरोध गर्नुस् , कारबाही पनि गर्नुस् तर कृपया अहिले यो भ्रमको खेतीमा नलाग्न म सबैमा विनम्र आग्रह गर्दछु