नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुन प्रसाद जोशीले कम्यूनिष्टलाई मतदान गर्ने मतदाता पछुताएको बताएका छन । सरकारको अधिनायकबाद बल्ल मतदाताले थाहा पाएको भन्दै जोसीले निर्वाचनमा कम्युनिष्टलाई विश्वास गरेर मत दिने मतदाता पछुताएको बताएका हुन । पोखरा १५ मा आयोजित काँग्रेसको जागरण अभियान कार्यक्रममा बोल्दै जोशीले दुर्इ तिहाइको दम्भले न्यायलय, प्रेस सबैतिर ओली सरकारले हस्तक्षेप गरेको छ भन्दै जागरण अभियानले कम्युनिष्टका गलत गतिबिधिहरु जनता माझ प्रेषित गर्न महत्वपुर्ण भुमिका खेल्ने बताए। नेपाली काँग्रेस कास्की जिल्ला सभापति कृष्ण केसीले निर्वाचनमा प्रभाव पार्ने तत्व विभिन्न हुन्छन भन्दै अभियानले काग्रेस नेता कार्यकर्तालाई जागरुक बनाउनेमा जोड दिए । कास्की क्षेत्र न २ का क्षेत्रीय सभापति माधब प्रसाद बाँस्तोला मधुले प्रतिपक्षको काम सरकारका गलत कामको पर्दाफास गर्नु हो। काग्रेस सुदृढिकरण अभियान पहिला आफैबाट शुरु गरौ भन्ने निर्देशन दिए । जिल्ला सदस्य तथा अभियान संंयोजक नम्रता बरालले राष्टिय जागरण बारे प्रकास पार्दै सगठनमा एकले अर्कालाई दोषारोपण गर्न छाडेर कर्म गर्दै जानु पर्नेमा जोड दिदै काँग्रेसमा सैधान्तिक विचारको विचलन रहेको धारणा ब्यक्त गरिन। पार्टि ईकाइ सभापति टोप बहादुर थापाको सभापतित्वमा भएको उक्त कार्यक्रममा पुरन कुवर, रविन्द्र माकाजु, नबिन पौडेल, खरिलाल बिश्वकर्मा, विष्णु देबी आचार्य, केदार पोख्रेल, लेख ब। चन्द, यम प्रसाद श्रेष्ठ, भोला कुमार श्रेष्ठ लगायतले आफ्ना जिज्ञासा राखेका थिए भने स्वागत मन्तब्य तारा पाखे र कार्यक्रम सन्चालन सचिव राजेन्द्र पराजुलीले गरेका थिए । पोखरा १५ मा कांग्रेसको राष्ट्रिय जागरण अभियान“ हिमाल,पहाड, तराई मधेस नेपाली काग्रेस राष्टिय जागरण अभियान सँपन्न भएको हो । पार्टिको केन्द्रीय निति र जिल्ला कार्य समिति कास्किको निर्देशनमा अभियान शुरु भएको हो ।